फोर्ब्सको ३० अन्डर ३० एसिया सूचीमा परे पाँच नेपाली युवा

  • Technology Khabar | १२ जेष्ठ २०७९, बिहीबार
फोर्ब्सको ३० अन्डर ३० एसिया सूचीमा परे पाँच नेपाली युवा

काठमाडौं ।

चर्चित अमेरिकी म्यागजिन फोर्ब्सको यस वर्षको प्रभावशाली युवाको सूचीमा पाँचजना नेपाली चयन भएका छन् ।

यस वर्ष एसियाका ‘३० अन्डर ३० एसिया’ अर्थात् ३० वर्ष मुनिका ३० जना प्रभावशाली एसियाली युवाहरुको सूची सार्वजनिक गरेसँगै नेपालबाट पाँचजना छानिकएा हुन् । सो सूचीमा नेपालबाट स्टार्टअप शुरु गरेका र उद्यम गर्ने युवाहरु विशेषगरी छानिएका हुन्।

उक्त सूचीमा निरज काफ्ले र सन्तोष पाण्डे, सुमित दाहाल, सुजित पाठक, र ऐश्वर्या रानी सिंह परेका छन्।

३० वर्ष मुनिका ३० जना उद्यमी, सामाजिक काममा सक्रिय, नेतृत्वदायी र समाजमा सकारात्मक भूमिका निर्वाह गरेका युवाहरु फोर्ब्सको ३० अन्डर ३० एसियामा छानिएका हुन् ।

निरज काफ्ले र सन्तोष पाण्डे अफरिङ ह्यापिनेसका संस्थापकहरु हुन्। उनीहरुको स्टार्टअपले काठमाडौंमा उपहार र सरप्राइज प्याकेज डेलिभरी गर्दै आएको  छ।

यो सूचीमा पर्न सफल अर्का व्यक्ति २७ वर्षीय सुमित दाहाल नासा गोडार्ड स्पेस फ्लाइट सेन्टरका प्रयोगात्मक एस्ट्रोफिजिसिस्ट र पोस्ट डक्टरल हुन् । उनले ब्रह्माण्डको उत्पत्ति र विकासको अध्ययनका लागि टेलिस्कोप निर्माण गरेका छन्।

त्यसैगरी २९ वर्षीय सुजित पाठक कन्जुमर टेक्नोलोजी विधामा यो सूचीमा परेका हुन्। उनी इनग्रेल नेपालका सह–संस्थापक हुन्। यो संस्थाले नेपालको वेदा एपमार्फत नेपालका ८ सयभन्दा बढी विद्यालयमा डिजिटल सहायता पुर्याउँदै आएको छ। हालसालै मात्र उनको एपले ब्रुनाईमा सेवा बिस्तार गरेको छ।

यस्तै ऐश्वर्य रानी सिंह गैरनाफामूलक संस्था पुतली नेपालको संस्थापक अध्यक्ष हुन्। उनको संस्थाले मेन्टल हाइजिन हेल्थमा काम गर्दै आएको छ।

प्रकाशित: १२ जेष्ठ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

अर्को मस्ट्याङ ल्याउने फोर्डको संकेत

  • Technology Khabar
  • १२ जेष्ठ २०७९, बिहीबार