
काठमाडौं ।
गैरआवासीय नेपाली सङ्घले नेपाल सरकारको नीति तथा कार्यक्रममा उल्लेखित विषयहरुको स्वागत गरेको छ।
संघका कार्यकारी अध्यक्ष कुल आचार्यले जारी गरेको विज्ञप्तिमा मङ्गलबार नेपाल सरकारको आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममा संघले उठाउँदै आएका विषयहरु समावेश भएकोमा उत्साहित भएको बताएका छन्।
संघले गैरआवासीय नेपालीलाई डिजिटल परिचयपत्र जारी गर्ने जस्ता विषय उल्लेख गरिनु सकारात्मक भएको उल्लेख गरेको छ।
यसका साथै सरकारले निर्वाचन सम्बन्धी एकीकृत कानून तर्जुमा गर्दै आधुनिक सूचना प्रविधिको प्रयोग गरी प्रवासमा रहेका नेपालीहरुलाई समेत निर्वाचनमा सहभागी गराउन आवश्यक व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख गरेकोमा स्वागत गरेको छ।
प्रकाशित: ११ जेष्ठ २०७९, बुधबार