स्टेलान्टिस र सामसङ मिलेर अमेरिकामा ३३ गिगावाटआवर ब्याट्री प्लान्ट निर्माण गर्ने

  • Technology Khabar | ११ जेष्ठ २०७९, बुधबार
स्टेलान्टिस र सामसङ मिलेर अमेरिकामा ३३ गिगावाटआवर ब्याट्री प्लान्ट निर्माण गर्ने

काठमाडौं ।

स्टेलान्टिस र सामसङ एसडीआई मिलेर अमेरिकामा इलेक्ट्रिक सवारीका लागि ब्याट्री बनाउने भएका छन्। अमेरिकाको कोकोमा सवारी र ब्याट्री उत्पादकले २.५ विलियन अमेरिकी डलरभन्दा धेरै लगानी गर्नेछन्।

स्टेलान्टिस विश्वको शीर्ष १० सवारी उत्पादक मध्ये एक रहेको छ।

स्टेलान्टिसका सीईओ कार्लो टर्वेसले इलेक्ट्रिफिकेसन ओटोमोटिभ उद्योगमा लादिएको दावी गर्दै आइरहेका छन्। स्टेलान्टिसले ‘डेयर फर्वार्ड २०३०’ नामको १५ वर्षीय खाकाको रुपरेखा प्रस्तुत गरेको छ। कम्पनी निकट भविष्यमा शुन्य कार्बन न्यूट्रालिटीमा जानेतर्फ संकेत गर्छ।

मार्चमा सवारी उत्पादकले एलजी इनर्जीसँग मिलेर क्यानडाको विन्डसर, ओन्टारियोमा ४५ गिगावाटआवर इभी ब्याट्री उत्पादन गर्ने घोषणा गरेको थियो। उक्त प्लान्टको लागत करिब ४.१ अर्ब अमेरिकी डलर रहेको छ।
त्यसको दुई महिनापछि अमेरिकी भूमिका ब्याट्री उत्पादन गर्न स्टेलान्टिसले समान प्रकारको साझेदारी सामसङ एसडीआईसँग गरेको छ।

स्टेलान्टिस र सामसङले उक्त परियोजनाका लागि २.५ विलियन अमेरिकी डलर लगानी गर्नेछन्। यसबाट उक्त क्षेत्रमा १४ सय नयाँ रोजगारी सिर्जना हुनेछ।

उक्त लगानी ३.१ अमेरिकी डलरसम्म बढ्न सक्छन्। जेभीले अमेरिकामा ब्याट्री उत्पादन क्षमता वृद्धि गर्ने योजना सार्वजनिक गरिसकेका छन्।
सन् २०२५ भित्रमा ब्याट्री उत्पादन शुरु हुने इलेक्ट्रेकले लेखेको छ।

शुरुवाती चरणमा २३ गिगावाटआवर ब्याट्री प्रति वर्ष उत्पादन हुनेछ। पूर्ण क्षमता ३३ गिगावाटआवरमा उत्पादन प्राप्त गर्न भने केही वर्ष लाग्ने सामसङ एसडीआईका सीईओ युन हो चाईले जानकारी दिए।

प्रकाशित: ११ जेष्ठ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार