भिडियो गेम रिटेलर गेमस्टपले लन्च गर्यो आफ्नै क्रिप्टो र एनएफटी वालेट

  • Technology Khabar | ११ जेष्ठ २०७९, बुधबार
भिडियो गेम रिटेलर गेमस्टपले लन्च गर्यो आफ्नै क्रिप्टो र एनएफटी वालेट

काठमाडौं ।

भिडियो गेम रिटेलर गेमस्टपले क्रिप्टो र नन-फन्जिबल टोकन (एनएफटी) वालेट सुरु गरेको छ। यसका साथसाथै, गेमस्टपले डिजिटल सम्पत्तिमा प्रवेश गर्ने तयारी गरिरहेको छ।

यो सेल्फ-कस्टोडियल इथेरियम वालेटद्धारा गेमरहरू र अन्य प्रयोगकर्ताहरूलाई विकेन्द्रीकृत एपहरू (डीएप्स/dApps) मा क्रिप्टोकरेन्सीहरू र एनएफटीहरु पठाउन र प्राप्त गर्न, साथै तिनीहरूलाई भण्डारण र प्रयोग गर्न अनुमति दिनेछ। यसका लागि उनीहरूले आफ्नो वेब ब्राउजरबाट बाहिर निस्कनु पर्दैन।

यो वालेटले लुप्रिङ्गको जेडके (ZK) टेक्नोलोजीको प्रयोग गरेको छ जसले कम लागत र छिटो लेनदेनको लागि इथेरियम लेयर-२ स्केलिंग प्रोटोकल प्रयोग गर्दछ। त्यसैगरी यो वालेटले प्रयोगकर्ताहरूको आईपी ठेगाना र जीपीएस जस्ता जानकारी ट्र्याक गर्दैन। तर यसको गोपनीयता नीतिले प्रयोगकर्ताको नेटवर्क, क्लिक, माउस पोजिसन र किस्ट्रोक लगिङको निगरानी गर्ने उल्लेख गर्दछ।

प्रयोगकर्ताहरूले १२ शब्दहरूको गोप्य रिकभरी वाक्यांशमार्फत वालेटमा पहुँच गर्न सक्छन्। गेमस्टपले प्रयोगकर्ताहरूलाई यो वाक्यांश लेखेर नै राख्न सल्लाह दिएको छ किनभने यो बिना वालेटमा पहुँच गर्न सकिँदैन।

फर्मकाअनुसार यो एक बीटा लन्च हो र प्रयोगकर्ताहरूले हाल वालेटमा बढी रकम राख्नु हुँदैन।

गेमस्टपको वालेट मेटामास्कको वालेट जस्तै छ र प्रयोगकर्ताहरूलाई सफ्टवेयरको डेस्कटप संस्करण प्रदान गर्दछ। फर्मको एनएफटी मार्केटप्लेसले ‘इम्यूटेबल एक्स’ नामक प्रविधि प्रयोग गर्नेछ। यसका लागि फेब्रुअरीमा इम्युटेबल एक्ससँग साझेदारी गरिएको थियो।

साथै, एनएफटी सामग्री सिर्जनाकर्ता र विकासकर्ताहरूलाई आकर्षित गर्न लगभग १० करोड डलरको एनएफटी अनुदान सुरु गरिएको थियो, जुन आईएमएक्स टोकनहरूमा भुक्तानी गरिनेछ। यस बजारको लागि कुनै ग्यास शुल्क तिर्नु पर्दैन। यो मार्केटप्लेस कम्पनीको जुलाईदेखि शुरु हुने आर्थिक वर्षको दोस्रो त्रैमासमा लन्च गर्न सकिनेछ।

वेब ३ मा स्थिति सुदृढ गर्न, धेरै फर्महरूले गैर-कस्टोडियल, मल्टिचेन क्रिप्टोकरेन्सी वालेटहरूको लागि जोड दिइरहेका छन्। युएस-आधारित क्रिप्टो एक्सचेन्ज क्वाइनबेसले यस महिनाको सुरुमा यसका केही मोबाइल एप क्लाइन्टहरूका लागि वालेट र ब्राउजरसँग वेब ३ एप एकीकृत गरेको थियो।

प्रकाशित: ११ जेष्ठ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...