समुद्रमुनिको इन्टरनेट केबलले भूकम्प पत्ता लगाउन सहयोग गर्ने

  • Technology Khabar | ६ जेष्ठ २०७९, शुक्रबार
समुद्रमुनिको इन्टरनेट केबलले भूकम्प पत्ता लगाउन सहयोग गर्ने

काठमाडौं ।

समुद्रमुनिका इन्टरनेट केबलमार्फत् भूकम्पको जानकारी लिन सकिने भएको छ।

बीबीसीका अनुसार यसरी समुद्र तारेर लगिएका इन्टरनेट केबलहरु मार्फत् भूकम्प मात्र नभई सुनामी तथा जलवायु परिवर्तनले कसरी समुद्रका छालहरुलाई प्रभाव पार्छन् भन्ने बारेमा पत्ता लगाउन सकिने भएको हो।

यी दूरसञ्चारका केबलहरुलाई समुद्रको पिँधमा वैज्ञानिक सेन्सरको लहरका रुपमा प्रयोग गर्न सकिने बेलायतको नेशनल फिजिकल ल्याबोरेटरी एनपीएल तथा उसका साझेदारहरुले बताए।

वैज्ञानिकहरुले यो प्रविधि बेलायत तथा क्यानडाबिचको अप्टिकल फाइबर लिंकमा परीक्षण गरेको र त्यस अनुसन्धानको रिपोर्ट साइन्स म्यागाजिनमा प्रकाशित गरेको बीबीसीले उल्लेख गरेको छ।

समुद्रको पिँधमा हुने गतिविधि अनुगमनका लागि स्थायी सेन्सर जडान गर्नु निकै महंगो पर्ने भएकाले इन्टरनेट केबलमार्फत् यो सेवा प्राप्त गर्नु बुद्धिमतापूर्ण हुने बुझिएको छ।

‘पृथ्वीको ७० प्रतिशत सतह पानीको रहेको भए पनि समुद्रको पिँधमा स्थायी सेन्सर राख्न महंगो पर्ने भएकाले भूकम्पीय स्टेशनहरु जमिनमा मात्र उपलब्ध छन्’, एनपीएलका डा गुजेप मार्राले बताए।

प्रकाशित: ६ जेष्ठ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...