पेगासस प्रकरणमा भारतको सर्वोच्च अदालतद्वारा छानबिन समितिको म्याद थप

  • Technology Khabar | ६ जेष्ठ २०७९, शुक्रबार
पेगासस प्रकरणमा भारतको सर्वोच्च अदालतद्वारा छानबिन समितिको म्याद थप

काठमाडौं ।

भारतको सर्वोच्च अदालतले पेगासस जासुसी प्रकरणमा छानबिन समितिको म्याद थप गर्ने निर्णय गरेको छ। हालै अदालतले आफ्नो समितिलाई छानबिन गर्न थप समय दिएको छ।

म्याद थप भएसँगै समितिले पेगासस प्रकरणको छानबिन प्रतिवेदन २८ जून भित्र बुझाउनुपर्नेछ।

भारतीय मिडियाहरुको रिपोर्टअनुसार मे महिना भित्रै पूर्ण प्रतिवेदन तयार हुनसक्ने बताइएको छ। यस विषयमा आज भारतको सर्वोच्च अदालतमा सुनुवाइ भएको छ। जसमा प्रधानन्यायाधीशले समितिले छानबिनका लागि सफ्टवेयर बनाएको बताए।

समितिले मे मसान्तसम्ममा छानबिन प्रक्रिया तय गर्ने जनाएको छ। समितिले ४ साता भित्र सो विषयलाई निगरानी गरिरहेका न्यायाधीशलाई अन्तिम प्रतिवेदन बुझाउने र यस विषयमा जुलाईमा सुनुवाइ हुनेछ।

प्रधानन्यायाधीश रमणले भने, “अहिले पेगासस मुद्दाको अन्तरिम प्रतिवेदन प्राप्त भएको छ। जसमा समितिले २९ ओटा मोबाइल परीक्षण गरेको थियो। धेरैसँग कुरा पनि गरे। यसबारे सर्वसाधारणबाट सुझाव पनि मागिएको थियो, त्यसपछि धेरैको प्रतिक्रिया पनि आएको थियो। जसलाई अन्तिम प्रतिवेदनमा समावेश गरिनेछ।”

प्रकाशित: ६ जेष्ठ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार