आईफोन १४ सार्वजनिक हुने मिति बाहिरियो

  • Technology Khabar | ६ जेष्ठ २०७९, शुक्रबार
आईफोन १४ सार्वजनिक हुने मिति बाहिरियो

काठमाडौं ।

एप्पलको आईफोन १४ सार्वजनिक हुने मिति बाहिरिएको छ।

विश्वसनीय लिकस्टरहरुले सञ्चालन गरेको ‘आईड्रपन्यूज’ का अनुसार यस वर्षको ‘३७ औं हप्तामा’ मा एप्पलले एउटा कार्यक्रम आयोजना गर्ने दावी गरिएको छ।

आफ्ना विशेष कार्यक्रमहरु मंगलबार आयोजना गर्दै आइरहेको एप्पलले उक्त कार्यक्रम सेक्टेम्बर १२ देखि शुरु गर्ने भएको छ।

सेप्टेम्बर १२ सोमबार परेकाले एप्पलले मंगलबार अर्थात सेप्टेम्बर १३ मा नै उक्त कार्यक्रम आयोजना गर्ने सम्भावना प्रबल छ।

यस हल्लाको पछाडि केही विश्वसनीय आधार पनि रहेको छ। एप्पलले आईफोन सम्बन्धित जानकारी सेप्टेम्बरमै दिने गरेको छ। गत वर्षको सेप्टेम्बरमा एप्पलले आईफोन १३ सार्वजनिक गरेको थियो।

विगतका वर्षमा जस्तै यो पटक पनि एप्पलको कार्यक्रम भर्चुअल नै गर्नेगरी तयारी अघि बढाएको छ।

आईफोन १४ र आईफोन १४ प्रो

यो वर्षको कार्यक्रममा एप्पलले आईफोन १४ सार्वजनिक गर्नेछ। यी फोन आईफोन १३ जस्तै हुने अनुमान गरिएको छ। तर, आईफोन १४ म्याक्स भने नयाँ स्क्रीन साइजमा देख्न सकिन्छ।

यसमा मिनि भर्सन भने हुने छैन। आईफोन १४ मा ६.१ इन्च र आईफोन १४ म्याक्समा ६.७ इन्चको स्क्रीन हुनेछ।

दुवै फोनहरु ए१५ बायोनिक चिपसेटसँगै उपलब्ध हुनेछ। तर यो केही मोडिफाइड हुने भएकाले एप्पलले ए१६ नाम दिने सम्भावना छ।

आईफोन १४ म्याक्सको मूल्य ८९९ अमेरिकी डलर र आईफोन १४ को मूल्य ७९९ अमेरिकी डलरको आसपास हुने सम्भावना छ।

दुवै फोन १२८ जीबी स्टोरेज अप्सनमा उपलब्ध हुनेछ। आईफोन १४ सिरिज होल–पन्च डिस्प्लेका साथ आउने सम्भावना छ। वर्तमान पुस्ताको आईफोन मोडल नचमा उपलब्ध छ।

प्रकाशित: ६ जेष्ठ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार