वाइ फाइ ६ र ६ई उपलब्ध गराउँदै एएमडी र क्वालकम

  • Technology Khabar | ५ जेष्ठ २०७९, बिहीबार
वाइ फाइ ६ र ६ई उपलब्ध गराउँदै एएमडी र क्वालकम

काठमाडौं ।

एएमडी तथा क्वालकमले वाइ फाइ ६ तथा ६ई का साथमा वाइ फाइ रिमोट व्यवस्थापन सेवा उपलब्ध गराउने भएका छन्।

दुवै कम्पनी मिलेर बिजनेस ल्यापटपका लागि लक्षित रेजेन प्रो प्रोसेसरका लागि फास्ट कनेक्ट ६९०० वायरलेस कनेक्टिभिटी अप्टिमाइजका क्षेत्रमा काम गरिरहेको जेडडीनेटले उल्लेख गरेको छ।

६गिगाहर्ज वायरलेस ब्याण्डको प्रयोगबाट फास्टकनेक्टले भिडियो कन्फ्रेन्सिङमा सुधार ल्याउने, ल्याटेन्सी घटाउने तथा बहु वाइफाइ ब्याण्डको प्रयोगबाट कनेक्शनको विश्वसनीयता बढाउने बताइएको छ।

यी दुवै राउटर घर तथा कार्यालयका लागि उपयुक्त हुने भए पनि फास्टकनेक्टले अझ बढी सुविधा प्रदान गर्ने बुझिएको छ।

यी दुवै राउटर घर तथा कार्यालयका लागि उपयुक्त हुने भए पनि फास्टकनेक्टले अझ बढी सुविधा प्रदान गर्ने बुझिएको छ।

‘क्वालकम फास्टकनेक्ट ६९०० इनेबल गरिएका एएमडी रेजेन प्रो ६००० सिरिज प्रोसेसरयुक्त नेक्स्ट जेनेरेशन बिजनेस ल्यापटपले आधुनिक वातावरणमा काम गर्न प्रोसेसिङ र कनेक्टिभिटी टूलको आवश्यकता पर्दछ। यसले यूजरहरुलाई नयाँ तथा हाइब्रिड वर्कप्लेसमा पेशेवर तरिकाले रिमोट व्यवस्थापनको सुविधा प्रदान गर्दछ’, एएमडीको ओईएम क्लाइन्ट कम्प्युटिङका महाप्रबन्धक जेसन बान्टाले भने।

प्रकाशित: ५ जेष्ठ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार