
काठमाडौं ।
हुन्डाई मोटर इन्डियाले भारतमा आफ्नो केही डिलरशिपमा फास्ट चार्जिङ इलेक्ट्रिक सवारी (ईभी)को बलियो संरचना स्थापित गर्न टाटा पावरसँग साझेदारी गरेको छ।
उक्त सम्झौता अनुसार टाटा पावरले हुन्डाईको २९ शहरमा रहेका ३४ इलेक्ट्रिक सवारी डिलरशिपमा ६० किलोवाट डीसी चार्जिङ स्टेशन स्थापित गर्नेछ।
यो चार्जिङ स्टेशनको जानकारी टाटा पावरको ईजी चार्ज मोबाइल एपमा उपलब्ध गराइने छ।
हुन्डाई इन्डियाका एमडी तथा सीईओ उन्सू किमले भने, ‘कम्पनी भारतमा बलियो ईभी र सुविधाजनक सवारी निर्माणका लागि टाटा पावरसँग आफ्नो साझेदारीको घोषणा गर्छ। आर्थिक समृद्धि तथा सामुदायिक कल्याणका साथै सामाजिक जिम्मेवारी निर्वाह गर्न हुन्डाई प्रतिबद्ध छ।’
कार्बन न्यूट्रालिटीको राष्ट्रिय लक्ष्य हासिल गर्न ग्राहकलाई ईभी प्रति आकर्षित गर्न यस्तो समझदारीको महत्वपूर्ण भूमिका रहने उनले बताए।
यो साझेदारीले हुन्डाईले ईभी ग्राहकलाई होम चार्जिङ आपूर्ति स्थापना साथै कम्पनी डिलरशिपमा इण्ड–टू–इण्ड इभी चार्जिङ पूर्वाधार तयार गरेर भारतमा इलेक्ट्रिक मोबिलिटीलाई अझै सशक्त बनाउने योजनामा छ।
यस समझदारी अनुसार हुन्डाई ईभी धनीलाई आपूर्तिदेखि इन्स्टलेसन
(स्थापना) मा विशेष छुट तथा इण्ड–टू–इण्ड होम चार्जिङ सुविधा उपलब्ध हुनेछ। भारत तथा नेपाली बजारमा कोरियन सवारी उत्पादकले आयोनिक र कोना मोडलका ५ भेरियन्टमा ईभी बिक्री गरिरहेको छ।
कम्पनीले सन् २०२८ सम्म ब्याट्रीबाट सञ्चालित इलेक्ट्रिक (बीईभी) को छैटौं मोडल पेश गर्नका लागि ४ हजार करोड भारु लगानी गर्ने घोषणा गरिसकेको छ।
टाटा पावरका एमडी तथा सीईओ प्रबीर सिन्हाले भने, ‘हुन्डाई मोटर इन्डियासँगको हाम्रो साथ र सहयोग भारत सरकारको राष्ट्रिय इलेक्ट्रिक मोबिलिटी मिसन अनुरुप स्वच्छ ऊर्जा र शून्य उत्सर्जन लक्ष्यको नेतृत्व गर्नका लागि हाम्रो प्रतिबद्धतालाई दर्शाउँछ।’
प्रकाशित: ५ जेष्ठ २०७९, बिहीबार