ह्वावेको मेट एक्सएस २ तथा वाच जीटी३ प्रो आज सार्वजनिक हुने

  • Technology Khabar | ४ जेष्ठ २०७९, बुधबार
ह्वावेको मेट एक्सएस २ तथा वाच जीटी३ प्रो आज सार्वजनिक हुने

काठमाडौं ।

ह्वावेले आफ्नो एक्सएस २ स्मार्टफोन तथा वाच जीटी३ प्रो आज सार्वजनिक गर्ने भएको छ।

चिनियाँ स्मार्टफोन ब्राण्ड ह्वावेले आज एउटा कार्यक्रम आयोजना गरेर मेट एक्सएस २ तथा वाच जीटी३ प्रो डिभाइस लगायत अन्य उत्पादनहरु पनि सार्वजनिक गर्ने बताइएको छ।

यो कार्यक्रमलाई ह्वावे फ्ल्यागशिप प्रडक्ट लञ्च २०२२ नाम दिइएको छ।

यसबारेमा ट्विटरमार्फत आधिकारिक जानकारी बाहिर आएको हो।

यो कार्यक्रम आज स्थानीय समय अनुसार दिउँसो २ बजे सीईटीमा शुरु हुने ट्विटरमा उल्लेख छ।

मेट एक्सएस २ ले ह्वावे एम पेन्सिल सपोर्ट गर्ने बुझिएको छ भने यसमा ५० मेगापिक्सेलका ट्रिपल क्यामरा सेटअप रहेको छ।

पावरका लागि यो डिभाइसमा ६६ वाट फास्ट चार्जिङसहितको ४, ८८० एमएएचको ब्याट्री समावेश हुनेछ।

यसैगरी वाच जीटी ३ प्रो मा भने १.६ इन्चको एमोलेड डिस्प्ले रहनुका साथै यसले १ सयभन्दा बढी स्पोर्ट्स मोड सपोर्ट गर्दछ। यसमा क्षेत्र हेरेर ईसीजी तथा स्ट्यान्डर्ड हेल्थ ट्र्याकिङ फिचरहरु पनि रहनेछन्।

जीएसएमएरिनाका अनुसार यो इभेन्टमा ह्वावे ब्याण्ड ७ तथा मेटप्याड एसई ट्याब्लेट पनि सार्वजनिक हुन सक्ने अपेक्षा गरिएको छ।

प्रकाशित: ४ जेष्ठ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bajaj Nepal unveils the upgraded Dominar 400 in grand launch event

  • Technology Khabar
  • ४ जेष्ठ २०७९, बुधबार