
काठमाडौं ।
फागुन महिनामा मोबाइल बैकिङमार्फत् गरिएको कारोबार सङ्ख्या तथा रकम दुवैमा वृद्धि भएको छ।
चालु आर्थिक वर्ष २०७८/७९ को पौषदेखि यता करोबार रकम र सङ्ख्यामा बढोत्तरी हुने क्रमले निरन्तरता पाएको छ।
नेपाल राष्ट्र बैंकद्वारा हालै जारी फागुन मसान्तसम्मको प्रतिवेदन अनुसार फागुन महिनाभरी मोबाइल बैकिङमार्फत् १ खर्ब, १५ अर्ब ३९ करोड ८० लाख रुपैयाँ बराबरको १ करोड ६४ लाख ५९ हजार ९६३ ओटा कारोबार भएका छन्।
पछिल्लो तीन महिनायता अर्थात् पुषदेखि फागुन मसान्तसम्म कारोबार सङ्ख्या र रक दुवैमा बढोत्तरी देखिँदै आएको छ।
पुष मसान्तसम्म मोबाइल बैंकिङमार्फत् ९४ अर्ब ४० करोड ७० लाख रुपैयाँ बराबरको १ करोड ३५ लाख १८ हजार ९३६ ओटा कारोबार भएको थियो।
यो आँकडालाई माघ मसान्त सम्म आइपुग्दा १ खर्ब ७ अर्ब १० करोड ९० लाख रुपैयाँ पुगेको थियो।
माघ मसान्तदेखि फागुन मसान्तसम्मको आँकडलाई तुलना गर्दा यो एक महिनाको अवधिमा मोबाइल बैंकिङमार्फत् हुने कारोबार सङ्ख्यामा ८ लाख ९९ हजार ९९३ तथा कारोबार रकममा ८ अर्ब २७ करोड ९० लाख रुपैयाँले वृद्धि भएको पाइएको छ।
प्रकाशित: २९ बैशाख २०७९, बिहीबार