
काठमाडौं ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले हालै ५० वर्षअघि चन्द्रमाको सतहबाट संकलन गरेको नमूना हालै फ्रीजबाट बाहिर निकालेको छ।
नासाले धेरै पछि फेरि एकपटक आफ्नो चन्द्र अभियानको तयारी गरिरहेकाले वैज्ञानिकहरुले ५० वर्षअघि चन्द्रमाबाट ल्याएर फ्रीजमा राखिरहेको नमूनाको अध्ययन शुरु गरेको ग्याजेट्स३६० ले जनाएको छ।
सन् १९७२ को डिसेम्बरमा एपोलो १७ मिशनअन्तर्गत अन्तरिक्ष यात्रीले नमूना लिएर चन्द्रमाबाट फर्किएका थिए। यी नमूनाहरुलाई एउटा फ्रीजमा राखिएको थियो। यी नमूना नासाको जोन्सन स्पेस सेन्टरबाट मेरिल्याण्डको गोडार्ड स्पेस फ्लाइट सेन्टरसम्म ल्याउन वैज्ञानिकहरुलाई ४ वर्ष लागेको थियो।
वैज्ञानिकहरुले ५० वर्ष फ्रीजमा जमेको एपोलो १७ का नमूना प्रशोधनका लागिएउटा फ्यासिलिटी डिजाइन तथा रेट्रोफिट गर्न थालेका ग्याजेट्स३६० ले उल्लेख गरेको छ।
उनीहरुले यसका लागि नयाँ उपाय लगाएर यसलाई भविष्यका चन्द्र अभियानहरुमा उपयोग गर्न सकिने विश्वास लिएका छन्। यो अनुसन्धान एपोलो नेक्स्ट जेनरेशन स्याम्पल एनालिसिस प्रोग्राम अर्थात् एएनजीएसए अन्तर्गक रहेको बुझिएको छ।
यो परियोजनालाई नासाकी जूली मिशेलले अगाडि बढाइरहेकी छिन्। २०१८ को शुरुआतमा उक्त परियोजना शुरू गरेको र धेरै प्राविधिक असहजताले गाँजेको उनले सुनाइन्। आफूहरुले यसलाई भविष्यमा कोल्ड स्याम्पल प्रोसेसिङका लागि एउटा फ्यासिलिटी बनाउन परीक्षणका रुपमा लिएको पनि उनले थपिन्।
प्रकाशित: २४ बैशाख २०७९, शनिबार