
काठमाडौं ।
एलसीडी टीभीको मूल्य मे महिनामा पनि घट्ने देखिएको छ।
३२ देखि ५५ इन्चसम्मका मोडलमा २ देखि ४ डलर तथा ६५ देखि ७५ इन्चसम्मका मोडलमा ८ देखि १० डलरसम्म घट्न सक्ने सिग्माइन्टेल कन्सल्टिङले जनाएको छ।
रुस-यूक्रेन युद्धका कारण कच्चा तेल, प्राकृतिक ग्यास तथा अन्य पदार्थको मूल्य बढेको र मुद्रास्फीतिले मानिसहरुको क्रयशक्ति घटाएकाले टीभीको माग घटेको सिग्माटेलको भनाइ छ।
कोभिडका कारण चीनमा भएको लकडाउनले पनि चीनमा उत्पादन र टीभीको माग पनि घटाएको उक्त संस्थाले जनाएको छ।
२०२२ को पहिलो त्रैमासमा अमेरिका र यूरोपमा हुने टीभी शिपमेन्ट २० प्रतिशतले खुम्चिएको पाइएको र सामसङ तथा एलजीजस्ता कम्पनीले यो वर्षको पूर्वार्द्धका लागि योजना गरेको टीभट्ठ प्यानलको खरिद पनि घटाएका डिजिटाइम्सले जनाएको छ।
प्रकाशित: २३ बैशाख २०७९, शुक्रबार