
काठमाडौं ।
जर्मनीको नियामक संस्थाले मेटा प्लेटफर्म इंकमाथि थप कडा नियम लागू गरेको छ।
संस्थाले बजारमा प्रतिस्पर्धाका लागस मेटाको निकै महत्व रहेको भन्दै उसको बजार शक्तिमाथि अंकुश लगाउने हेतुले उक्त नियम लागू गरेको रोयटर्सले जनाएको छ।
जर्मन विधायकहरुले २०२१ मा ल्याएको विधेयकका नियामक संस्थाले प्रतिस्पर्धाविरोधी देखेको कुनै पनि सामग्री वा सेवामाथि प्रतिबन्ध लगाउन सक्ने अधिकार दिएको छ।
इन्स्टाग्राम तथा ह्वाट्सएपको पनि मूल कम्पनीका रुपमा रहेको मेटाले मजबुत र विज्ञापनयुक्त सोसल मिडिया इकोसिस्टम चलाउने गर्छ र यो जर्मनीमा पनि अधिकांश मानिसहरुले प्रयोग गर्दै आइरहेका उक्त नियामक संस्थाले बुधबार विज्ञप्तिमा जनाएको छ।
उक्त संस्थाले यो वर्गीकरणले मेटाविरुद्ध चलिरहेको प्रतिस्पर्धाविरोधी कारबाहीका लागि अझ द्रुत निष्कर्ष पेश गर्ने रोयटर्सले उल्लेख गरेको छ।
प्रकाशित: २२ बैशाख २०७९, बिहीबार