एप्पलद्वारा म्याद गुज्रिएका एपहरु अपडेट गर्ने अवधि विस्तार

  • Technology Khabar | १९ बैशाख २०७९, सोमबार
एप्पलद्वारा म्याद गुज्रिएका एपहरु अपडेट गर्ने अवधि विस्तार

काठमाडौं ।

एप्पलले एप स्टोरमा म्याद सकिएका एपहरु डिलिट हुने डरले अपडेट गर्ने समयावधि थप गरेको छ।

कम्पनीले डेभलपरहरुलाई ३० दिन भित्र अपडेट नगरे एपहरु स्टोरबाट हट्नसक्ने ब्यहोराको सूचना पनि पठाएको इन्ग्याजेटले उल्लेख गरेको छ।

एप्पलले २०१६ देखि नै म्याद गुज्रिएका तथा वास्ता नगरिएका एपहरुका बारेमा नीति ल्याएको भए पनि त्यसलाई कडाईका रुपमा अहिले लागू गर्न लागेको हो।

केही डेभलपरहरुले भने एपहरुमा साना साना परिमार्जन गर्न पनि निकै समय र परिश्रम लाग्ने भन्दै कम्पनीको यो नीतिप्रति रुष्ट बनेका छन्।

अहिले एप्पलले केही पुराना एपहरु किन हट्ने जोखिममा छन् भन्ने प्रस्ट पार्नुका साथै ती एपहरु अपडेटका लागि डेभलपरहरुलाई धेरै समय दिइएको ब्यहोराको पोस्ट प्रकाशन गरेको इन्ग्याजेटले जनाएको छ।

प्रकाशित: १९ बैशाख २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार