आईएमई र अक्सिजन इण्डियावीच रेमिटेन्स सेवा सम्झौता

Technology Khabar २२ मंसिर २०७३, बुधबार

काठमाडौं ।

काठमाडौं, २२ मंसिर । रेमिटन्स कम्पनी आईएमई र अक्सिजन सर्भिस इण्डिया प्रा.लिबीच औपचारिक रेमिटन्स सेवा सहकार्य शुरु भएको छ । भारतका ३० हजारभन्दा बढी सेवा केन्द्रहरुमार्फत रेमिटेन्स सेवा प्रदान गर्दै आएको अक्सिजन इण्डिया र आईएमई लिमिटेडवीच भएको सेवाले इण्डो–नेपाल रेमिटेन्सलाई अझै बढी संस्थागत र औपचारिक बनाउने कम्पनीको भनाई छ ।

कार्यक्रममा बोल्दै आईएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले सहकार्यले डलर बेचेर भारतीय रुपियाँ किन्नुपर्ने नेपालको वाध्यतालाई थोरै भएपनि कम गर्ने विश्वाश व्यक्त गरे । आईएमई औपचारिक संजालबाट नेपाल पैसा भित्र्याउने आफ्नो उद्देश्यमा सफल भएको बताए ।

अक्सिजन इण्डिया प्रा.लिका अध्यक्ष एवं प्रवन्ध निर्देशक प्रमोद सक्सेनाले अक्सिजन इण्डियाको इतिहासमा आईएमईसँगको व्यवसायीक साझेदारी कोशेढुंगा भएको भन्दै यो सेवाले इण्डियामा बस्दै आएका लाखौँ नेपालीहरुलाई सहज रेमिटेन्स सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरे ।

आरबीएल बैंक लिमिटेड र ग्लोबल आईएमई बैंक लिमिटेड क्रमशः अक्सिजन इण्डिया र आईएमई नेपालका बैंकिंग साझेदार हुन । अक्सिजन आरबीएलबाट मान्यता प्राप्त भारतको सबैभन्दा ठूलो भुक्तानी प्रणाली संचालन गर्ने संस्था हो जसले वार्षिक ६ करोडभन्दा बढी कारोबार गर्दै आएको जानकारी दिइयाे ।

प्रकाशित: २२ मंसिर २०७३, बुधबार

तपाइको प्रतिक्रिया