डेबिट तथा क्रेडिट कार्ड ६ सेकेण्डमै ह्याक, यसरी गर्नुहाेस् कार्डकाे सुरक्षा

Technology Khabar २१ मंसिर २०७३, मंगलवार

काठमाडौं ।

काठमाडौं, २१ मंसिर । विश्वभर डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले दैनिकरुपमा विभिन्न सेवा तथा उत्पादनहरु खरिद बिक्री गरिरहेका हुन्छन् । तर ती क्रेडिट कार्डहरु सुरक्षित नभएको रिपोर्ट हालै आएको छ ।

केहि साता अघि मात्रै नेपाल प्रहरीले नेपाली बैंकहरुको एटिएम मेसिनबाट क्रेडिट तथा डेबिट कार्डबाट रकम चोर्ने केहि विदेशी नागरिकहरुलाई पक्राउ गरेको थियो । नेपालका एटिएम मेसिन तथा डेबिट तथा क्रेडिट कार्डहरु सुरक्षित नभएको समाचार विभिन्न संचारमाध्यममा अझैपनि आईनै रहेका छन् । यहि बेला अनुसन्धानकर्मीहरुले पनि विश्वका कुनैपनि क्रेडिट कार्डहरु केबल ६ सेकेण्डमा नै ह्याक गर्न सकिने पत्ता लगाएका छन् । न्यूक्यासल यूनिभर्सिटिका विशेषज्ञहरुकाअनुसार ल्यापटप तथा इन्टरनेट कनेक्शनको माध्यमबाट क्रेडिट कार्डलाई केबल ६ सेकेण्डमा नै ह्याक गर्न सकिन्छ ।

विशेषज्ञहरुकाअनुसार साइबर अपराधिहरुले बिना कुनै जानकारी क्रेडिट कार्ड ह्याक गर्न सक्दछन जुन निकै गंभिर खतरा हुनसक्दछ ।

बेलायतको न्यूक्यासल यूनिभर्सिटिको अध्ययन समूहले केबल ६ सेकेण्डमा कार्डको नम्बर, एक्सपायरी डेट, तथा सीवीवी कोड प्राप्त गर्न सकिन्छ । यसको लागि केबल इन्टरनेट कनेक्शनको आवश्यकता पर्दछ र यसलाई सामान्यरुपमा डिस्ट्रिब्यूटेड गेसिंग अट्याक (Distributed Guessing Attack)भनिन्छ ।creditcardhack

गत महिना मात्र ब्रिटिश मल्टिनेशनल रिटेलर टेस्कोमा साइबर आक्रमण भएको थियो र यसमा भिजा कार्ड पेमेन्ट सिस्टमलाई ह्याक गरिएको थियो । विशेषज्ञहरुको एक टिमले यसलाई पनि सोहि डिस्ट्रिब्यूटेड गेसिंग अट्याकको प्रयोग गरिएको आशंका गरेका छन् ।

यो आक्रमणको सबैभन्दा विशेषता भनेको यसमा बैंकले आक्रमणलाई निर्देशित गर्न सक्दछ न यो पेमेन्टको लागि कति पटक गलत प्रयास गरिएको थियो भन्ने थाहा पाउँछ । IEEE सेक्युरिटी तथा प्राइभेसी जर्नलमा प्रकाशित एक अध्ययन अनुसार ह्याकर्सले कम्प्यूटरहरुको प्रयोग गरेर फरक फरक सय भन्दा बढि वेबसाइटमा फरक फरक सेक्युरिटी डाटा निरन्तर प्रयास गरिरहन्छन र सफल भएपछि चोरी गर्दछन् । यो प्रयासमा केहि सेकेण्डमा नै कार्डको सहि नम्बर पत्ता लगाउन सकिन्छ ।

पिएचडीका विद्यार्थी मोहम्मद अलीका अनुसार अहिले भईरहेको अनलाइन पेमेन्ट सिस्टमले इनभ्यालिड पेमेन्ट रिक्वेस्टलाई निर्देशित गर्न सक्दैन् । जून फरक फरक वेबसाइटको माध्यमबाट आउँछन् । यसले गर्दा ह्याकरहरुलाई क्रेडिट कार्ड नम्बर गेस गर्न असिमित मौका प्रदान गर्दछ र हरेक वेबसाइटमा लगातार १० वा २० गेसपछि सफलता हासिल हुन्छ ।

https://youtu.be/uwvjZGKwKvY

यसरी सुरक्षा गर्नुहाेस्

अहिलेसम्म कुनै चमत्कारिक प्रविधि छैन जसले क्रेडिट तथा डेबिट कार्डलाई सुरक्षित बनाओस् । तर पनि डा. मार्टिन एम्सकाअनुसार यसलाई केहि माध्यमबाट उपभोक्ताले सुरक्षित भने बनाउन सक्दछन र जोखिम कम गर्न सक्नेछन् । उनकाअनुसार एउटा मात्र कार्ड अनलाइन पेमेन्टहरुका लागि प्रयोग गर्नुस र यसको खर्च गर्ने सीमालाई सकेसम्म कम बनाउनुहोस् । र यदि यो बैंक कार्ड हो भने यसमा कम रकम मात्र राख्नुहोस र अधिक रकम ट्रान्सफर गर्नुहोस् । यसका साथै आफ्नो बैंक स्टेटमेन्ट नियमित जाँच गर्ने र ब्यालेन्स नियमित छ वा छैन तथा कुनै अनावश्यक पेमेन्टलाई ध्यान दिनुहोस् ।

यदि तपाईँ पनि अनलाइन पेमेन्टका लागि क्रेडिट वा डेबिट कार्ड प्रयोग गर्नुहुन्छ भने बेला बेलामा आफ्नो कार्डको ब्यालेन्स जाँच गर्नुहोस् कतै तपाईँको कार्ड पनि ह्याकरले चोरी गरिसके की ?

एजेन्सीको सहयोगमा

प्रकाशित: २१ मंसिर २०७३, मंगलवार

तपाइको प्रतिक्रिया