
काठमाडौं ।
केही समययता हामीले मोबाइलको ब्याट्रीमा अचानक आगलागी वा विस्फोट भएर मोबाइल प्रयोगकर्ताहरु घाइते भएका समाचार यदाकदा सुन्दै आइरहेका छौं।
हालै एक प्रयोगकर्ताको स्मार्टफोनमा विमानभित्रै आगलागी भएको घटनाले थुप्रै मानिसहरुलाई चिन्ति बनाएको थियो। यस घटनापछि थुप्रै मानिसहरु स्मार्टफोनमा के कारणले आगलागी हुन सक्दोरहेछ भने आश्चर्यमा पनि परेका छन्।
आखिर किन र कसरी आगलागी वा विस्फोट हुन्छ त स्मार्टफोनमा? आउनुहोस् जानौं:
ओभरहिटिङ
स्मार्टफोनको ब्याट्रीलाई एउटा निश्चित तापक्रममा काम गर्नेगरी अनुकूलित गरिएको हुन्छ। आफ्नो स्मार्टफोनलाई नियमित रूपले धेरै तापमानको सम्पर्कमा ल्याउनुका कारण ब्याट्रीलाई लामो समयसम्म असर पार्न सक्छ।
सिधा सूर्यको किरण वा बन्द गरिएको कारमा लामो समयसम्म राख्दा पनि स्मार्टफोन तात्न सक्छ।धेरै तातेपछि ब्याट्रीका सेलहरु अनियन्त्रित हुन्छन् र कार्बन डाइअक्साइड तथा अक्सिजन जस्ता ग्यासहरु उत्पादन गर्छन्। यसबाट स्मार्टफोन विस्फोट हुने वा आगलागी हुने खतरा बढ्छ।
ओभरचार्जिङ
ओभरहिटिङ जस्तै ओभरचार्जिङ पनि स्मार्टफोन विस्फोट वा आगलागीको कारक बन्न सक्छर रातभरी वा लामो समयसम्म चार्जमा छोडिरहनाले ओभरहिटिङको समस्या आउन सक्छ।
तर रातभर वा लामो समय चार्ज गरेकै कारण एक महिना वा वर्षमा ब्याट्रीमा खराबी आउने नभई लामो समयपछि हुने र कतिपय अवस्थामा भने शर्ट सर्किटका कारण ब्याट्रीमा आगलागि वा विस्फोट हुन सक्ने सम्भावना रहन्छ।
तेस्रो पक्षका चार्जर
आफ्नो स्मार्टफोनलाई सधैं ओरिजिनल केबल तथा एडप्टरयुक्त चार्जरबाट मात्रै चार्ज गर्नुपर्छ। अन्य ब्राण्डका चार्जर प्रयोग गर्नाले स्मार्टफोनको ब्याट्रीमा समस्या आउन सक्छ।
थर्ड पार्टी चार्जिङ केबल वा एडप्टरले डिभाइसलाई बढी तातो बनाउने र ब्याट्रीमा शर्ट सर्किट भएर आगलागि वा विस्फोट हुन सक्छ।
रफ यूज अर्थात् हेलचेक्र्याईँपूर्वक प्रयोग गर्नु
स्मार्टफोनलाई हेलचेक्र्याईँपूर्वक वा होशियारी बिना प्रयोग गर्नाले बाहिरी बडी मात्र नभई ब्याट्रीमा पनि असर पर्न सक्छ।
यसले ब्याट्रीको मेकानिकल वा केमिकल पार्टपुर्जालाई नोक्सान पुर्याउन सक्छ। असन्तुलनबाट शर्ट-सर्किट, ओभरहिटिङ वा अन्य कारण उत्पन्न भइ स्मार्टफोनमा आगलागी वा विस्फोटको खतरा रहन्छ।
चिपसेटमा ओभरलोड
गेमिङ वा मल्टि-टास्किङसहित धेरै समय प्रयोग गर्नाले प्रोसेसरमा धेरै दबाब पर्न गई स्मार्टफोन छिट्टै तात्ने गर्दछ। डिभाइसलाई सुरक्षित राख्नका लागि कम्पनीहरुले कूलिङ सिस्टम राखेका हुन्छन्।
तर यसो हुँदाहुँदै पनि अति नै तातो भइरहेको महसुस भएमा आफ्नो स्मार्टफोन केही समयका लागि बन्द गरिदिनु उत्तम हुन्छ।
प्रकाशित: ६ बैशाख २०७९, मंगलवार