एप्पलले आईफोन १५ मा टेलिफोटो क्यामरा उपलब्ध गराउने

  • Technology Khabar | ४ बैशाख २०७९, आईतवार
एप्पलले आईफोन १५ मा टेलिफोटो क्यामरा उपलब्ध गराउने

काठमाडौं ।

एप्पलले आईफोन १३ मा टेलिफोटो लेन्स समावेश गर्ने भएको छ।

उद्योग स्रोतका अनुसार यसका लागि दक्षिण कोरियाको एउटा ठूलो ओआईएस तथा अटोफोकस एक्चुएटर आपूर्तिकर्ताले एप्पलसँग सम्झौता गरिसकेको छ।

गत वर्ष एप्पलले जाह्वा कम्पनीको भ्रमण गरेको र उक्त ओआइएस निर्माताले नयाँ निर्माण फ्यासिलिटी खोल्न साढे १५ करोड रुपैयाँ लगानी गर्ने भएको जीएसएमएरिनाले जनाएको छ।

जाह्वाले सामसङका लागि पनि ओआईएस मोड्युल उपलब्ध गराउँदै आएको छ।

टेलिफोटो यूनिटका लागि प्रयोग गरिने बताइएको यो नयाँ क्यामरा हार्डवेयर सन् २०२३ को दोस्रो त्रैमासका आईफोन १५ मा मात्र आउने आकलन पनि गरिएको छ।

प्रकाशित: ४ बैशाख २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...