होराइजन वर्ल्ड्सको वेब भर्सन डेभलप गर्दै मेटा

  • Technology Khabar | ४ बैशाख २०७९, आईतवार
होराइजन वर्ल्ड्सको वेब भर्सन डेभलप गर्दै मेटा

काठमाडौं ।

मेटाले भर्चुअल रियालिटी होराइजन वर्ल्ड्स प्लेटफर्मको वेब भर्सन डेभलप गरिरहेको छ।

कम्पनीका चिफ टेक्निकल अफिसर एन्ड्र्यू बस्वर्थले हालै ट्वीटमार्फत् जानकारी दिएका छन्।

यो विस्तारले यूजरहरुलाई क्वेस्ट भीआर हेडसेट प्रयोग नगरीकन नै होराइजन वर्ल्ड्स चलाउन सहज बनाउँछ। हालसम्म भर्चुअल विश्वको पहुँचका लागि क्वेस्ट भीआर हेडसेट नै एक मात्र विकल्प रहँदै आएको छ।

उक्त प्लेटफर्मका बारेमा गरिएको बस्वर्थको ट्वीटमा मेटाको होराइजन वर्ल्ड्सको बिक्रीमा आएको ४७.५ प्रतिशत गिरावटको बचाउ गरिएको गिजचाइनाले उल्लेख गरेको छ।

https://twitter.com/boztank/status/1514666741183311872

उक्त ४७.५ प्रतिशतमा मेटाको क्वेस्ट स्टोरमार्फत् गरिएको खरिदको ३० प्रतिशत प्लेटफर्म शुल्क पनि पर्दछ।

बस्वर्थले होराइजन वर्ल्ड्सको वेब भर्सन सार्वजनिक भएपछि हालको प्लेटफर्म शुल्क ३० बाट झरेर २५ प्रतिशत हुने उल्लेख गरेका छन्। यसबाहेक उनले यो शुल्क उस्तै प्रकारका अन्य भर्चुअल दुनियाँ डेभलप गर्ने प्लेटफर्महरुको तुलनामा निकै कम रहेको पनि दावी गरेका छन्।

प्रकाशित: ४ बैशाख २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार