गुगल डक्समा प्रयोगकर्ताका लागि नयाँ फिचर आउँदै, यसरी गर्नुहोस् प्रयोग

  • Technology Khabar | २५ चैत्र २०७८, शुक्रबार
गुगल डक्समा प्रयोगकर्ताका लागि नयाँ फिचर आउँदै, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं ।

गुगल डक्समा अब नयाँ इमोजी प्रतिक्रिया सुविधा आउँदैछ। यो सुविधा मार्फत प्रयोगकर्ताहरूले गुगल डक्सको कमेन्टमा ‘फन्नी इमोजी’ मार्फत प्रतिक्रिया दिन सक्नेछन्।

केहि समय देखि, यो सुविधाको बारेमा लीक बाहिर आइरहेको थियो। अब कम्पनीले आफ्नो ब्लग पोस्टमार्फत यो सुविधाको पुष्टि गरेको छ। गुगलले आफ्नो ब्लग पोष्टमा कम्पनीले अप्रिल २० बाट यो फिचर ल्याउन सुरु गर्ने बताएको छ।

गत वर्ष आयोजित गुगल आई/ओ २०२१ (I/O 2021) मा गुगलले डक्सको यो फिचरको बारेमा बताएको थियो। कम्पनीले विकासकर्ता सम्मेलनमा प्रयोगकर्ताहरूले चाँडै इमोजी मार्फत गुगल डक्सको कुनै पनि टिप्पणीमा प्रतिक्रिया दिन सक्षम हुने बताएको थियो।

यसरी सक्रिय गर्नुहोस् सुविधा

  • गुगल डक्सको यो नयाँ इमोजी फिचर प्रयोग गर्नका लागि प्रयोगकर्ताले पहिले सेटिङ्स ट्याबमा जानुपर्नेछ।
  • त्यसपछि दिइएको स्विच टगल गर्नुहोस्।
  • तपाईंले टगल स्विच फ्लिप गर्ने बित्तिकै, यो छेउमा पूर्वनिर्धारित अर्थात डिफल्ट विकल्पमा देखा पर्नेछ, जसमा हाल प्रयोगकर्ताले टिप्पणीहरू थप्न वा सम्पादनहरू सुझाव दिन सक्छन्।
  • अब गुगल डक्समा टिप्पणी गर्दा, तपाईंसँग नयाँ इमोजीको साथ जवाफ दिने विकल्प हुनेछ।

नोट यो तरीका फिचर रोल आउट भएपछि मात्र काम गर्नेछ।

यी प्रयोगकर्ताहरूका लागि रोल आउट हुने
गुगल डक्समा आउँदै गरेको यो नयाँ इमोजी सुविधा अप्रिल २० देखि गुगल वर्कप्लेस इसेन्सियल्स, बिजनेस स्ट्याण्डर्ड, बिजनेस प्लस, इन्टरप्राइज स्ट्याण्डर्ड र इन्टरप्राइज प्लस प्रयोगकर्ताहरूका लागि रोल आउट हुनेछ।

यस बाहेक गुगलले लेखन गुणस्तर सुधार गर्न डक्समा एउटा नयाँ फिचर पनि थप्न लागेको छ, जसको माध्यमबाट कुनै पनि लेख लेख्दा व्यापक सुझाव दिनेछ। प्रयोगकर्ताहरूलाई वैकल्पिक शब्दहरू,एक्टिभ भ्वाइसको प्रयोग र अन्य फिचरहरु प्रयोग गर्न सुझाव दिनेछ।

प्रकाशित: २५ चैत्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार