चुनावका लागि सामाजिक सञ्जाल अनुगमन गर्ने तयारी, सिसिटिभी राख्न स्थानीय तहलाई पत्राचार

  • Technology Khabar | २४ चैत्र २०७८, बिहीबार
चुनावका लागि सामाजिक सञ्जाल अनुगमन गर्ने तयारी, सिसिटिभी राख्न स्थानीय तहलाई पत्राचार

काठमाडौं ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको समयमा सामाजिक सञ्जाललाई अनुगमन गर्ने तयारी गरिरहेको जानकारी दिएको छ।

आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले आचारसंहिता पालनाको अनुगमन गर्न केन्द्रीयस्तरमा समिति गठन गरेसँगै सामाजिक सञ्जालको अनुगमन गर्ने जानकारी दिए।

उनले हाल सो बारेमा छलफल भईरहेको र आगामी दिनमा निर्णय हुने बताए।

उनकाअनुसार आयोगकै सूचना प्रविधि प्रमुखको संयोजकत्वमा सूचना प्रविधि विज्ञ, साइबर ब्युरो, नेपाल दूरसञ्चार प्राधिकरणको प्रतिनिधि सदस्य रहनेगरी कार्यदल गठन गर्न प्रस्ताव गरेको छ।

यसका साथै आयोगले मतदान हुने र मतगणना गरिने स्थानमा सिसिटिभी राख्नका लागि स्थानीय तहसँग सहकार्य गर्ने भएको छ। आयोगले यसको लागि स्थानीय तहहरुलाई पत्र पठाईसकेको छ।

“मतगणना स्थलहरु समेत पारदर्शी होस भनेर संवेदनशिल स्थानहरुमा सिसिटिभीहरु राखेपछि मतगणनालाई समयमै सम्पन्न गर्न सकियोस भनेर नयाँ व्यवस्था गर्न लागिएको हो,” उनले भने, “यसको लागि आयोगले संघिय मामिला मन्त्रालयमार्फत सिसिटिभी राख्नलाई पत्राचार गरिएको छ।”

चुनाव सकिएसँगै ती सिसिटिभी उपकरणहरु स्थानीय तहकै अधिनमा सम्पत्तिकोरुपमा रहने र उनीहरुले उपयोग गर्न सक्ने उनले बताए।

प्रकाशित: २४ चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...