एप्लिकेसन

अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीको गोप्य सञ्चार सञ्जालमा अवरोध

अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीको गोप्य सञ्चार सञ्जालमा अवरोध
Global IME Bank

अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) ले आन्तरिक सञ्चारका लागि प्रयोग गर्ने अति गोप्य सञ्जालमा प्राविधिक समस्या देखिएको छ। एजेन्सीले मंगलबार निर्धारित मर्मतसम्भारका क्रममा केही समयका लागि सञ्चार प्रणाली प्रभावित भएको जनाएको छ।

एनएसएका अनुसार मर्मतसम्भारका क्रममा आन्तरिक प्रणालीका केही भागमा समस्या देखिए पनि राष्ट्रिय सुरक्षाका लागि आवश्यक महत्त्वपूर्ण सेवा भने नियमित रूपमा सञ्चालनमा रहेका थिए।

‘केही आन्तरिक प्रणाली प्रभावित भए पनि मिसनका लागि अत्यावश्यक क्षमता पूर्ण रूपमा सञ्चालनमा छन् र राष्ट्रिय सुरक्षाको रक्षा गर्ने हाम्रो क्षमता निरन्तर कायम छ,’ एजेन्सीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

सीएनएनले पहिलो पटक सार्वजनिक गरेको विवरणअनुसार उक्त समस्या एनएसएनेटमा देखिएको थियो। यो सञ्जाल एनएसएका कर्मचारीहरूले आन्तरिक रूपमा गोप्य सूचनाहरू आदानप्रदान गर्न प्रयोग गर्छन्।

यद्यपि, सञ्चार प्रणालीमा देखिएको अवरोधको वास्तविक अवधि र प्रभावबारे रोयटर्सले स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।

रोयटर्सका अनुसार पछिल्लो घटनाले अमेरिकी सरकारी तथा प्रविधि प्रणालीमा देखिएका प्राविधिक समस्याबारे चासो बढिरहेका बेला थप ध्यान खिचेको छ। गत साता अमेरिकी हवाई यातायात प्रणालीमा आएको खराबीले उडान सञ्चालन प्रभावित भएको थियो भने माइक्रोसफ्टको इमेल सेवामा आएको अवरोधले पनि प्रयोगकर्तालाई समस्या पारेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यस्ता प्राविधिक अवरोधलाई सामान्य घटनाका रूपमा व्याख्या गरेका छन्। मंगलबार मनिलामा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्ता समस्या कहिलेकाहीँ आउने बताएका थिए।

‘यस्ता कुराहरू भइरहन्छन्। यो ठीक छ,’ ट्रम्पले पत्रकारहरूको प्रश्नमा भनेका थिए।

Sajilo Visa
easy care