काठमाडौं ।
सार्वजनिक खरिद अनुगमन कार्यालयको ई-जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्याई विभिन्न ठेक्काका विवरण हेरफेर गर्ने आठ जना पक्राऊ परेका छन्।
ठेक्काका आर्थिक प्रस्ताव खोल्नुअघि ई-जीपीमा पहुँच बनाई आर्थिक प्रस्तावका दस्तावेज परिवर्तन गरेको सम्बन्धमा प्राप्त निवेदनमाथि प्राविधिक अनुसन्धान तथा विश्लेषणबाट खुलेका आठ जनालाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई पक्राऊ गरिएको नेपाल प्रहरी साइबर ब्यूरोले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट असोज १६ गते पक्राऊ गरिएको हो। उनीहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको छ।
प्रकाशित: १९ आश्विन २०८३, सोमबार