ललितपुर महानगरपालिकाले माग्यो तथ्याङ्क संकलक, क्यूआर कोडमार्फत् फाराम बुझाउन सकिने

  • Technology Khabar | १९ आश्विन २०८३, सोमबार
ललितपुर महानगरपालिकाले माग्यो तथ्याङ्क संकलक, क्यूआर कोडमार्फत् फाराम बुझाउन सकिने

काठमाडौं ।

ललितपुर महानगरपालिकाले नगर प्रोफाइल निर्माणका लागि तथ्याङ्क संकलक नियुक्त गर्न आवेदन खुलाएको छ। महानगरपालिकाले प्रत्येक वडामा एक जना तथ्याङ्क संकलक आवश्यक रहेको जनाएको छ।

महानगरपालिकाले हालै एक सूचना प्रकाशित गरी इच्छुक स्थानीय नागरिकले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवश्यक कागजातसहित अनलाइन माध्यमबाट आवेदन दिन सक्ने जानकारी दिएको हो। आवेदन दिने अन्तिम मिति २०८३ असोज २२ गतेलाई तोकिएको छ।

तथ्याङ्क संकलकका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटरसम्बन्धी विषयमा कक्षा १२ वा सो सरह उत्तीर्ण गरेको वा कक्षा १२ वा सो सरह उत्तीर्ण गरी मान्यता प्राप्त संस्थाबाट कम्तीमा तीन महिनाको कम्प्युटरसम्बन्धी आधारभूत तालिम लिएको हुनुपर्नेछ।

उम्मेदवारको उमेर आवेदन दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला उम्मेदवारको हकमा उमेर ४० वर्ष ननाघेको हुनुपर्नेछ।

तथ्याङ्क संकलकलाई दैनिक १ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराइनेछ। कार्य अवधि तीन महिनाको हुनेछ।

उम्मेदवार छनोट प्रारम्भिक सूची र अन्तर्वार्ताका आधारमा गरिनेछ। आवेदन फारम सम्बन्धित सूचनामा राखिएको क्यूआर कोडमार्फत बुझाउन सकिनेछ।

उम्मेदवार ललितपुर महानगरपालिकाको सम्बन्धित वडाको स्थायी बासिन्दा हुनुपर्नेछ। अनुभवी उम्मेदवारलाई विशेष प्राथमिकता दिइने महानगरपालिकाले जनाएको छ।

प्रकाशित: १९ आश्विन २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार