अनरद्वारा नयाँ स्मार्टफोन अनर एक्स९ई प्रो मलेसियामा सार्बजनिक

  • Technology Khabar | १२ आश्विन २०८३, सोमबार
अनरद्वारा नयाँ स्मार्टफोन अनर एक्स९ई प्रो मलेसियामा सार्बजनिक

काठमाडौं ।

अनरले नयाँ स्मार्टफोन अनर एक्स९ई प्रो मलेसियामा सार्बजनिक गरेको छ। यस फोनका दुई प्रमुख विशेषतामा १० हजार निट सम्मको अधिकतम ब्राइटनेस भएको डिस्प्ले र ११ हजार मिलियम्प आवोर क्षमताका ब्याट्रि रहेका छन्।

यस अघि जुन महिनामा सार्वजनिक भएको अनर एक्स८० प्रो म्याक्स र अहिले सार्वजनिक भएको फोनको केही प्रमुख स्पेसिफिकेसन समान छन्।

टेलिग्राफका अनुसार ठूलो ब्याट्रि क्षमता प्राप्त गर्न फोनमा सिलिकन–कार्बन एनोड प्रविधि प्रयोग गरिएको छ। अनरका प्रयोगशाला परिक्षण अनुसार एक्स९ई प्रो ले १६४ भन्दा बढी म्यूजिक स्ट्रिमिङ, ३५ घण्टा छोटो भिडियो हेर्न सक्ने दाबी गरेको छ।

अनरले दैनिक ६ घण्टा प्रयोगलाई आधार मानेर फोनको ब्याट्रिले ६ वर्षसम्म स्वास्थ्य कायम राख्ने ग्यारेन्टीसमेत दिएको छ।

चार्जिङका लागि फोनमा ८० वाट वायर्ड फास्ट चार्जिङ र २७ वाट रिभर्स वायर्ड चार्जिङ रहेकाले उसलाई पावर बैकका रुपमा पनि प्रयोग गर्न सकिन्छ।

ठुलो ब्याट्रि बाहेक एक्स९ई प्रो मा ६.८ इन्चको एलटीपीएस एमोलेड डिस्प्ले दिएको छ। डिस्प्लेमा १.५के रिजोल्युसन र १२० हर्ज रिफ्रेस रेट रहेको छ। १० हजार निटको अधिकतम ब्राइटनेस भने एचडीआर भिडियो चलाउदाँ भिडियोको निश्चित क्षेत्रमा मात्र उपलब्ध हुने बताएको छ।

फोनको फ्रन्ट क्यामेरामा पनि सुधार गरिएको छ। अन्य स्पेसिफिकेसनमा स्न्यापड्रागन ६ जेन ५ चिप, ८ जीबी र्याम तथा २५६ जीबी र ५१२ जीबी स्टोरेज रहेका छन्।

अनर एक्स९ई प्रो रोयल पर्पल, डन गोल्ड, मिड नाइट ब्याल्क, रेडिस ब्राउन गरि चार रंगमा उपलब्ध रहेको छ।

मलेसियामा यसको मूल्य ८ जीबि र्याम र २५६ जीबी स्टोरेज भएको मोडलको १,८९९ मलेसियन रिङिगिट (करिब ४६४ अमेरिकि डलर) रहेको छ भने ५२१ जीबी स्टोरेज भएको फोनको मुल्य २,३९९ (करिब ५८७ अमेरिकि डलर तोकिएको छ।

प्रकाशित: १२ आश्विन २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार