भदौ मसान्तसम्म पौने ९ करोड मूल्य हाराहारीको स्मार्टवाच आयात, सरकारले उठायो अढाइ लाख राजस्व

  • Technology Khabar | १२ आश्विन २०८३, सोमबार
भदौ मसान्तसम्म पौने ९ करोड मूल्य हाराहारीको स्मार्टवाच आयात, सरकारले उठायो अढाइ लाख राजस्व
एआईको सहयोगमा तयार पारिएको सांकेतिक तस्बिर।

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८३/८४ को दोस्रो महिना भदौ मसान्तसम्म नेपालमा पौने ९ करोड रुपैयाँ हाराहारीको स्मार्टवाच आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को उक्त अवधिसम्मको वैदेशिक व्यापारको तथ्यांकमा यस्तो उल्लेख छ।

यो अवधिमा ८ करोड ६९ लाख ७१ हजार रुपैयाँ मूल्य बराबरको १६ हजार ७७६ थान स्मार्टवाच आयात भएको छ। भदौ मसान्तसम्म स्मार्टवाचका लागि यो रकम देशबाहिर जाँदा सरकारले २ करोड ५२ लाख २१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार विभागको तथ्यांक अनुसार यो अवधिमा नेपालमा विश्वका १४ मुलुकबाट स्मार्टवाच आयात भएको देखिन्छ।

२०८३ भदौ मसान्तसम्मको आयात विवरणअनुसार सबैभन्दा धेरै १५ हजार २१४ थान स्मार्टवाच चीनबाट आयात भएको छ जसको समग्र मूल्य ५ करोड ७८ लाख ९६ हजार रुपैयाँ रहेको छ।

यसैगरी भारतबाट ६६ लाख ३३ हजार बराबरको ९३५ थान र भियतनामबाट २ करोड १५ लाख ७४ हजार बराबरको ५०० थान स्मार्टवाच भित्रिएको छ।

यस्तो छ भदौ मसान्तसम्मको पूर्ण विवरण:

क्र. सं. देश परिमाण रकम
१ बेल्जियम २ १
२ क्यानडा १ १४
३ चीन १५२१४ ५७८९६
४ भारत ९३५ ६६३३
५ इटली १ ९
६ दक्षिण कोरिया ११ २३५
७ मलेसिया १ ०
८ माल्दिभ्स १ ०
९ कतार ४ ०
१० ताइवान १२ ४७७
११ थाइल्याड ३ ८१
१२ यूएई ८७ ११
१३ अमेरिका ४ ३६
१४ भियतनाम ५०० २१५७४

प्रकाशित: १२ आश्विन २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार