ओप्पो ए७ प्रो ८ हजार एमएएच क्षमताको ब्याट्रिसहित आधिकारिक

  • Technology Khabar | २५ भाद्र २०८३, बिहीबार
ओप्पो ए७ प्रो ८ हजार एमएएच क्षमताको ब्याट्रिसहित आधिकारिक

काठमाडौं ।

गत अगस्टमा सार्वजनिक भएको ओप्पो ए७ प्रो म्याक्ससँगै अब ओप्पो ए७ प्रो पनि उपलब्ध हुने भएको छ।

टेलिग्राफका अनुसार ए७ प्रो आगामी सेप्टेम्बर ११ देखि चीनमा उपलब्ध हुने छ। त्यस अघि नै कम्पनीले फोनको प्रि अडर लिन सुरु गरेको छ। फोनको मुल्य र स्पेसिफिकेसन समेत सार्बजनिक गरेको छ।

कम्पनीका अनुसार ए७ प्रोमा ६.५७ इन्चको फ्ल्याट ओएलइडि डिस्प्ले दिइएको छ। जसको रिजोलुसन १०८० × ३२७२ रहेको छ भने १२० हर्ज रिफ्रेस रेट र अधिकतम १४०० निट्स रेहेको छ। फोनमा ५० मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ। यसमा ८००० एमएएच क्षमताको ब्याट्रि रहेको छ जसले ४५ वाटको फास्ट वायर्ड चार्जिङ सपोर्ट गर्दछ।

ओप्पोले ब्याट्रिको क्षमता भन्दा ८० प्रतिशत बाट तल झर्नु अघि २००० पटक सम्म फुल चार्ज साइकल टिक्ने दाबी गरेको छ।

फोन एन्ड्रोइड १६ मा आधारित कलर्सओएस १६ मा चल्छ। यसमा मिडिया टेक डाइमेन्सिटि ६३६० म्याक्स एसओसी प्रयोग गरिएको छ। जससगँ ६.८ जीबी एलपीडीडीआर४एक्स र्याम र २५६ जीबी यूएफएस २.२ स्टोरेज समावेश छ।

धुलो र पानीबाट बच्नका लागि फोनले आईपी६६, आईपी६९ र आईपी६९के रेटिङ प्राप्त गरेको छ।

फोनको आकार १५९.०८ × ७५.८१ × ८.८ मिलिमिटर रहेको छ भने यसको तौल २०५ ग्राम रहेको छ।

प्रकाशित: २५ भाद्र २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...