काठमाडौं ।
भिभोले आफ्नो लोकप्रिय वाई सिरिजमा नयाँ स्मार्टफोन भिभो वाई ०५ई सार्वजनिक गरेको छ।
भिभो वाई ०५का मुख्य विशेषताहरूलाई निरन्तरता दिँदै वाई ०५ईमा प्रयोगकर्ताको दैनिक आवश्यकतालाई केन्द्रमा राखेर थप व्यावहारिक सुधारहरू गरिएको हो।
कम्पनीका अनुुसार भिभो वाई ०५ईमा ५ हजार १५० एमएएच क्षमताको ब्याट्री रहेको छ जसले कल, ब्राउजिङ, भिडियो हेर्ने तथा अन्य दैनिक गतिविधिका लागि दिनभर सहज साथ दिन्छ। अत्याधुनिक ब्याट्री प्रविधिको प्रयोग गरिएको यस स्मार्टफोनमा ४ वर्षसम्म ब्याट्री हेल्थ कायम रहने सुविधा प्रदान गरिएको छ।
ओरिजिन ओएस ६ मा आधारित भिभो वाई ०५ईमा ५७० निट्ससम्मको उच्च ब्राइटनेस उपलब्ध छ, जसले घाममा पनि स्क्रिन स्पष्ट रूपमा हेर्न मद्दत गर्छ। मनोरञ्जनको अनुभवलाई अझ प्रभावशाली बनाउन यसमा २००% भोल्युम बूस्ट सुविधा समावेश गरिएको छ जसले स्पष्ट र शक्तिशाली अडियो अनुभव प्रदान गर्दछ।
कम्पनीका अनुुसार ४ जीबी + ६४ जीबी भेरियन्टमा उपलब्ध भिभो वाई ०५ईको मूल्य १९ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ।
प्रकाशित: १२ भाद्र २०८३, शुक्रबार