काठमाडौं ।
आइतबारदेखि समापन भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा प्रोटोनका इलेक्ट्रिक एसयूभीहरूले व्यापक रूपमा ग्राहकको ध्यान आकर्षित गरेको छ। एक्स्पोमा भर्खरै सार्वजनिक गरिएका नयाँ इ.मास ५ का साथै गत वर्ष नै सार्वजनिक भएका इ.मास ७ प्रति अवलोकनकर्ताहरूले विशेष चासो देखाएका थिए।
प्रोटोनको स्टलमा गाडी अवलोकन गर्न र यसका विशेषताहरूको बारेमा बुझ्न तथा मूल्य, स्वामित्व र बुकिङका विकल्पहरूबारे थाहा पाउन ग्राहकहरूको उपस्थिति बढेको थियो।
सहरी जीवनशैलीलाई लक्षित गरी निर्माण गरिएका कम्प्याक्ट इलेक्ट्रिक एसयुभि ‘प्रोटोन इ.मास ५’ ले आफ्नो रियर–ह्विल–ड्राइभ प्लेटफर्म, सामान व्यवस्थापनका लागि स्मार्ट स्टोरेज सुविधा, १४.६ इन्चको फुल–एचडी डिस्प्ले युनिट, ३७५ लिटरको बुट स्पेस, बाह्य विद्युतीय उपकरण चलाउन मिल्ने भेहिकलटु–लोड (भिटुएल) प्रविधि र जि–ट्र्याक्सन कन्ट्रोल सिस्टमका कारण अवलोकनकर्ताहरूको ध्यानाकर्षण गरेको हो।
प्रोटोन इ.मास ५ ‘प्राइम’ र ‘प्रिमियम’ गरी दुई भेरियन्टमा उपलब्ध छ जसको मूल्य क्रमशः रु. ३२.९९ लाख र रु. ३६.९९ लाख निर्धारण गरिएको कम्पनीले जनाएको छ।
त्यसैगरी, ‘प्रोटोन इ.मास ७’ ले ग्राहकहरूलाई ठूलो (फुल–साइज) एसयुभिको उत्कृष्ट अनुभव प्रदान गर्दछ। फराकिलो स्पेस, उत्कृष्ट पर्फमेन्स र लामो दूरीको यात्रा गर्नेहरूका लागि पनि यो उत्कृष्ट विकल्प हो। यसको ‘प्राइम’ भेरियन्टमा १६० किलोवाटको इलेक्ट्रिक मोटर र ४९.५२ किलोवाट–आवरको एलएफपि ब्याट्री रहेको छ।
यसले लगभग ३४५ किमीको डब्लुएलटिपि रेन्ज प्रदान गर्दछ। यसमा एडास प्रविधि र १५.४ इन्चको डिस्प्ले समावेश गरिएको छ। प्रोटोन इ.मास ७ पनि ‘प्राइम’ र ‘प्रिमियम’ गरी दुई भेरियन्टमा उपलब्ध छ। जसको मूल्य क्रमशः रु. ४९.९९ लाख र रु. ५९.९९ लाख रहेको कम्पनीको वेबसाइटमा उल्लेख छ।
प्रोटोन इ.मास ५, कम्प्याक्ट र व्यावहारिक सहरी एसयुभिको उत्कृष्ट विकल्प हो भने प्रोटोन इ.मास ७ पारिवारिक प्रयोग र लामो दूरीको यात्राका लागि उपयुक्त ठूलो (फुल–साइज) इलेक्ट्रिक एसयुभिको उत्कृष्ट विकल्प हो।
नाइमामा प्रोटोनको स्टल भिजिट गर्न छुटाउनु भएका ग्राहकहरूले ‘नाडा अटो शो २०२६’ को हल ४ स्थित स्टल नम्बर जी–१५ मा आएर प्रोटोनको अनुभव लिन सक्नेछन्। साथै, ‘नाडा अटो शो २०२६’ मा ग्राहकहरूका लागि थप आकर्षक तथा रोमाञ्चक अफरहरू पनि सार्वजनिक गरिने कम्पनीले उल्लेख गरेको छ।
प्रकाशित: १ भाद्र २०८३, सोमबार