काठमाडौं ।
जर्मनीको सबैभन्दा ठूलो र युरोपको प्रमुख वायुसेवा कम्पनी ग्रुप लुफ्थान्साले स्टारलिङ्कद्वारा सञ्चालित अनबोर्ड वाइफाइ सेवा सुरु गरेको छ। लुफ्थान्सा ग्रुपले सन् २०२९ सम्ममा आफ्ना सबै ८५० विमानहरूलाई स्टारलिङ्कद्वारा सञ्चालित वाइफाइ कनेक्सनले सुसज्जित गर्ने योजना पुष्टि गरेको हो।
स्टार्टलिङ्कद्वारा सञ्चालित वाइफाइ प्रदान गर्ने पहिलो उडान अगस्ट १९ मा एयरबस ए३२०नियोमा गर्ने योजना छ।
स्विस, अस्ट्रियन एयरलाइन्स, ब्रसेल्स एयरलाइन्स, आईटीए एयरवेज, एडेलवाइस, डिस्कभर एयरलाइन्स, एयर डोलोमिटी, लुफ्थान्सा सिटी एयरलाइन्स, र युरोविंग्स लगायत लुफ्थान्सा समूहका अन्य एयरलाइन्सहरूले पनि नयाँ भूउपग्रह प्रविधि प्रयोग गर्ने तयारी गरिरहेका छन्।
यो सेवा दर्ता गरिएको ट्राभल आईडी तथा माइल्स एण्ड मोर सदस्यहरूका लागि नि:शुल्क हुनेछ। कम्पनीकाअनुसार स्टारलिङ्कद्वारा सञ्चालित अनबोर्ड वाइफाइ सेवामा द्रुत स्ट्रिमिङ, वेब ब्राउजिङ, र वास्तविक-समय कार्य जडानहरू उपलब्ध हुनेछ।
प्रकाशित: १ भाद्र २०८३, सोमबार