स्पेसएक्सले औपचारिक रूपमा पूरा गर्यो कर्सरको अधिग्रहण

  • Technology Khabar | १ भाद्र २०८३, सोमबार
स्पेसएक्सले औपचारिक रूपमा पूरा गर्यो कर्सरको अधिग्रहण

काठमाडौं ।

एआई कोडिङ स्टार्टअप कर्सर अब औपचारिक रूपमा स्पेसएक्सको हिस्सा बनेको छ। कर्सरले आफ्नो ब्लगमार्फत यसको घोषणा गरेको हो।

इलन मस्कको स्पेसएक्सले यसअघि यो वर्ष मस्ककै एआई कम्पनी एक्सएआई पनि अधिग्रहण गरेको थियो। स्पेसएक्सले अप्रिलमा कर्सरसँग प्रविधि विकासका लागि सहकार्य गर्ने सम्झौता गरेको थियो।

उक्त सम्झौताले स्पेसएक्सलाई कर्सरलाई ६० अर्ब डलरमा अधिग्रहण गर्ने विकल्पसमेत दिएको थियो। दुई महिनापछि स्पेसएक्स सार्वजनिक कम्पनी बनेसँगै दुवै कम्पनीले अधिग्रहण प्रक्रिया अघि बढाउने बताएका थिए।

टेकक्रञ्चका अनुसार अधिग्रहण पूरा भएको घोषणा गर्दै कर्सरले स्पेसएक्सको कम्प्युटिङ पूर्वाधारलाई पटक–पटक उल्लेख गरेको छ। स्पेसएक्सले आफ्नो कम्प्युटिङ पूर्वाधार एन्थ्रोपिक र गुगललगायतका ग्राहकलाई भाडामा दिँदै आएको छ। स्पेसएक्सले आफ्नो डाटा सेन्टरका ग्यास टर्बाइनबाट हुने प्रदूषणलाई लिएर मुद्दासमेत सामना गरिरहेको छ।

स्पेसएक्सको हिस्सा बनेपछि विश्वमै सबैभन्दा ठूलो जीपीयूको फ्लीटमा पहुँच प्राप्त हुने कर्सरले जनाएको छ।

“स्पेसएक्सले आजको तुलनामा कृत्रिम बौद्धिकताको क्षमता निकै ठूलो स्तरमा विस्तार गर्न आवश्यक कम्प्युटिङ क्षमता निर्माण गरिरहेको छ,” कर्सरले भनेको छ, “त्यो बौद्धिकतालाई उपयोगी बनाउने एउटा स्थान कर्सर हुनेछ।”

प्रकाशित: १ भाद्र २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...