अब गुगल ड्राइभ र गुगल फोटोजबीच फोटो भण्डारणको सम्बन्ध हट्ने

  • Technology Khabar | ३१ श्रावण २०८३, आईतवार
अब गुगल ड्राइभ र गुगल फोटोजबीच फोटो भण्डारणको सम्बन्ध हट्ने

काठमाडौं ।

वर्षौंदेखि प्रयोगकर्ताले गुगल ड्राइभमा भण्डारण गरिएका तस्बिरहरू गुगल फोटोजमार्फत हेर्न सक्थे। अब भने गुगलले यी दुई सेवाबीचको यो सम्बन्ध हटाउँदैछ। यसपछि तस्बिरहरू मुख्य रूपमा गुगल फोटोजमै भण्डारण हुनेछन् र गुगल ड्राइभसँग स्वतः सिङ्क हुने छैनन्।

टेलिग्राफका अनुसार नयाँ तस्बिरहरू सुरक्षित रूपमा ब्याकअप गर्न प्रयोगकर्ताले गुगल फोटोज खोलेर ‘सेटिङ्स’ हुँदै ‘ब्याकअप एन्ड सिङ्क’ विकल्पमा गएर ब्याकअप सुविधा सक्रिय भए–नभएको जाँच गर्नुपर्नेछ।

गुगल ड्राइभलाई दोस्रो ब्याकअपका रूपमा प्रयोग गर्दै आएका प्रयोगकर्ताले अब वैकल्पिक व्यवस्था खोज्नुपर्नेछ। ब्याकअप सही रूपमा सेटअप नभएको अवस्थामा नयाँ तस्बिरहरू फोनमै मात्र भण्डारण हुन सक्नेछन्।

प्रकाशित: ३१ श्रावण २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार