काठमाडौं ।
अल्फाबेट इंक अन्तर्गतको कम्पनी गुगलले बुधबार पिक्सेल ११ सिरिज सार्वजनिक गरेको छ। मेड बाई गुगल २०२६ मा घोषणा गरिएका पिक्सेल ११ सिरिजका फोनहरुमा पिक्सेल ११ पिक्सेल पिक्सेल ११ प्रो र ११ प्रो एक्सएल र पिक्सेल ११ प्रो फोल्ड सार्वजनिक भएका छन् । यसका साथै गुगलले पिक्सेल ५ वाच तथा गुगल पिक्सेल ट्याग पनि लन्च भएका छन्।
पिक्सेल ११
पिक्सेल ११ मा अघिल्लो पुस्ताको तुलनामा ४० प्रतिशत पातलो अल ग्लास क्यामेरा बार राखेको छ।
![]()
यसमा ठूलो ४८ एमपी फराकिलो सेन्सर राखिएको छ जसले ५६ प्रतिशत भन्दा बढी प्रकाश संवेदनशीलता र थोरै फराकिलो फिल्ड अफ भ्यू प्रदान गर्दछ। टेन्सर जी६ ले ५एक्स टेलिफोटोको साथ ३० एक्स सुपररेन्स जुम अनलक गर्छ।
चिप १२ जिबि र्याम र २५६ जिबि स्टोरेज छ। यो वर्षको आधार फोनले २५ वाट क्यूआई२.२ वायरलेस चार्जिङ (१५ वाट माथी) समर्थन गदृछ जून २५ प्रतिशत छिटो छ। जसमा ३०+ घण्टाको ब्याट्रि लाइफ अपरिवर्तित रहेको छ।
पिक्सेल ११ प्रो र ११ प्रो एक्सएल
यी डिभाइसमा एज टु एज क्यामेरा बार भित्र गुगले हाइलाइट नाम दिएको नयाँ सुबिधा राखिएको छ। ३ पुस्तासम्म प्रयोग गरिएको टेम्पचर सेन्सर हटाएर फ्ल्याश वरिपरी एम्बियन्ट एलइडि लाइटको घेरा राखिएको छ।
![]()
९टू५गुगलका अनुसार यो सुविधाले पिक्सेल ११ प्रो लाई उल्टो राख्दा पनि कनेक्टेड रहन सहयोग गर्दछ। उदाहरका लागि जेमिनीले कुरा सुनेको छ भने जानकारी दिन विभिन्न प्रकारका लाइट संकेतहरु देखाउँछ। सुन्दा, सोच्दा, प्रतिक्रिया दिँदा फरक फरक प्याटर्न देखिन्छ। यो गुगल होम स्क्रिन स्पिकर संकेत जस्तै हो।
मन परेको कन्ट्याक्टबाट फोन आउँदा रोजेको कस्टम कलरमा हाइलाइट बल्न सक्छ। यसले फोन बाई गुगल र ह्याट्सयापमा काम गर्छ भने भविष्यका अपडेटहरुमा भने म्यासेन्जर नोटिफिकेसन जस्ता थप सुविधाहरु थ्पिने छन्।
हाइलाइट सेट गर्न मन पर्ने व्यक्तिका लागि ५ वटा कलर मध्ये एक ओटा छनोट गर्न सकिन्छ। यो व्यक्तिको गुगल कन्ट्याक पेजबाट गर्न सकिन्छ।
पिक्सेल ११ प्रो मा गुगलको सबैभन्दा उत्कृष्ट जेमिनी इन्टेलिजेन्स सहितको सुरुवाति मूल्य १,०९९ डलर रहेको छ।

पिक्सेल ११ प्रो र ११ प्रो एक्सएलमा नयाँ ५० मेगापिक्सेल वाइड सेन्सर र ठूलो फोटो सहितको ४८ मेगापिक्सेल टेलिफोटो दिइएको छ। जसले ३० प्रतिशत भन्दा बढी संवेदनशील प्रकाश दिन्छ। यसका कारण ५एक्समा प्रोटेट मोड र १२० एक्स जुम प्रयोग गर्न सकिन्छ।
यी सुविधाहरू टेन्सर जी६ नामको गुगलको नयाँ इमेजिङ मोडलहरूको सहयोगमा सम्भव भएको हुो। चिप र पुन: डिजाइन गरिएको सफ्टवेयरका कारण इन्स्टयान्ट नाइट साइड पनि उपलब्ध छ जसले अघिल्लो पुस्ताभन्दा छिटो काम गर्छ।
सुपर एक्टुआ डिस्प्लेको उज्यालो बाढाएर ३,६०० निट्स पुर्याइएको छ। नयाँ कोटिङका कारण यो डिस्प्ले स्क्र्याच प्रतिरोधी क्षमतामा दुई गुणा बलियो भएको छ।
टेन्सर जी६ लाई २५७ जीबि मोडलमा १२ जीबी र्यामसँग जोडिएको छ। अघिल्लो मोडलको तुलनामा र्याम ४ जीबी घटाइएको भए पनि गुगलले सफ्टवेयर र सिलिकनको राम्रो अप्टिमाइजेसनका कारण गत वर्षका प्रो डिभाइसहरूभन्दा अझ छिटो र सहज प्रदर्शन हुने बताएको छ। ५१२ जीबी वा १ टीबी मोडल रोजेमा १६ जिबि र्याम प्राप्त हुन्छ।
पिक्सल ११ प्रो एक्सएलमा फास्ट वायर्ड चार्जिङले करिब ३० मिनेटमा ७५ प्रतिशत सम्म चार्ज गर्न सक्छ। वायरलेस चार्जिङ पनि २९ प्रतिशत छिटो भएको छ र २५ वाट क्यूआइ२.२ सपोर्ट गर्छ।
यी फोनहरू क्यान्योन, फग, लिभ र पहिलोपटक पूर्ण रूपमा म्याट अब्सिडियन गरी चार रङमा उपलब्ध छन्।
६.३ इन्च पिक्सल ११ प्रो को सुरुवाती मूल्य १,०९९ डलर छ भने ६.८ इन्च पिक्सल ११ प्रो एक्सएलको सुरुवाती मूल्य १,२९९ छ। प्रोे फोनहरुमा गुगललेले अब ६ महिनाको मात्र एआइ प्रो पहुँच उपलब्ध गराउने भएको छ।
पिक्सेल ११ प्रो फोल्ड
गुगलले आफ्नो नयाँ फोल्डेबल स्मार्टफोन पिक्सेल ११ प्रो फोल्डमा डिजाइन, डिस्प्ले, क्यामरा र टिकाउपनमा सुधार गरेको छ। नयाँ मोडल अघिल्लो पुस्ताको तुलनामा करिब १० प्रतिशत हल्का र ०.७ मिलिमिटर पातलो छ। यसको तौल २५८ ग्रामबाट घटेर २३९ ग्राम भएको छ।
![]()
फोनको पछाडिको भागमा नयाँ म्याट ग्लास–फाइबर कम्पोजिट प्रयोग गरिएको छ। गुगलका अनुसार यो सामग्रीले फोनलाई अघिल्लो मोडलभन्दा तीन गुणा बढी टिकाउ बनाउँछ र पछाडिको भाग ‘झन्डै फुटाउनै नसकिने’ किसिमको रहेको कम्पनीको दाबी छ। नयाँ हिन्ज डिजाइनले फोन खस्दा भित्री डिस्प्लेलाई हुने क्षति कम गर्ने उद्देश्य राखेको छ।
प्रकाशित: २८ श्रावण २०८३, बिहीबार