काठमाडौं ।
चीन, हङकङ, जापान तथा दक्षिण कोरियाबाट गुणस्तरीय सामान नेपाली उपभोक्तासम्म सहज रूपमा पुर्याउने उद्देश्यसहित ईयुमा डट कमले साउन २० गते देखि आफ्नो औपचारिक सेवा शुभारम्भ गरेको छ।
अन्तर्राष्ट्रिय बजारमा उपलब्ध विभिन्न उत्पादनलाई नेपाली ग्राहकहरुका लागि एउटै डिजिटल प्लेटफर्म मार्फत उपलब्ध गराउने उद्देश्यले ईयुमा डटकम सञ्चालनमा ल्याइएको हो।
प्लेटफर्म मार्फत प्रिमियम फेसन, फुटवेयर, कस्मेटिक, ब्युटी प्रोडक्ट्स, होम डेकोर तथा लाइफ स्टाइल प्रोडक्ट्स लगायतका सामग्री उपलब्ध हुने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार ईयुमा डट कमले विशेषगरी चीन, हङकङ, जापान तथा दक्षिण कोरियाबाट उत्पादन सोर्सिङ गरी नेपाली बजारमा उपलब्ध गराउनेछ। ग्राहकले अन्तर्राष्ट्रिय बजारमा प्रचलित नयाँ डिजाइन, ट्रेण्ड तथा लाइफस्टाइलका क्वालिटि प्रोडक्ट्स नेपालमै बसेर खोज्न र खरिद गर्न सक्नेछन्।
ईयुमा डटकमले उत्पादन छनोटदेखि सोर्सिङ र डेलिभरी सम्मको प्रक्रियालाई व्यवस्थित बनाउँदै ग्राहकलाई भरपर्दो शपिङ अनुभव दिने लक्ष्य राखेको कम्पनीले जनाएको छ। विभिन्न अन्तर्राष्ट्रिय बजारबाट उत्पादन छनोट गर्दा क्वालिटी, डिजायन, र कस्टमर डिमाण्ड लाई प्राथमिकतामा राखिने कम्पनीको भनाइ छ।
विशेषगरी प्रिमियम लाइफ स्टाइल र मोर्डन होम डेकोरमा रुचि राख्ने ग्राहकका लागि अन्तर्राष्ट्रिय ट्रेण्डका का उत्पादनहरू नेपालमै उपलब्ध गराउने कम्पनीको योजना छ।
ईयुमा डटकमको मुख्य विशेषता ग्राहकले अलग–अलग अन्तर्राष्ट्रिय बजार खोजिरहनुपर्ने अवस्थालाई कम गर्दै चीन, हङकङ, जापान तथा दक्षिण कोरियाबाट उपलब्ध विभिन्न समूहका उत्पादन एउटै प्लेटफर्मबाट खोज्न सक्ने सुविधा रहेको कम्पनीले जनाएको छ।
ईयुमा डटकमले साउन २० गते देखि आफ्नो औपचारिक सेवा सुरु गरिसकेको छ।
प्रकाशित: २५ श्रावण २०८३, सोमबार