नेपाल कृषि अनुसन्धान परिषद्को सदस्य पदका लागि रोस्टर सूचीमा आवेदन खुला

  • Technology Khabar | ५ श्रावण २०८३, मंगलवार
नेपाल कृषि अनुसन्धान परिषद्को सदस्य पदका लागि रोस्टर सूचीमा आवेदन खुला

काठमाडौं ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को रिक्त सदस्य पदमा मनोनयनका लागि योग्य नेपाली नागरिकबाट रोस्टर  सूचीमा सूचीकृत हुन आवेदन आह्वान गरेको छ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले तोकिएको अनलाइन लिंक वा सूचनामा उल्लेख गरिएको क्यूआर कोडमार्फत आवेदन फाराम भरी २०८३ साउन १४ गतेसम्म आवेदन दिन सक्नेछन्।

मन्त्रालयका अनुसार रोस्टर सूचीमा सूचीकृत भएका योग्य व्यक्तिहरूमध्येबाट नेपाल कृषि अनुसन्धान परिषद्को रिक्त सदस्य पदमा मनोनयन प्रक्रिया अगाडि बढाइनेछ।

आवेदनसम्बन्धी विस्तृत जानकारी सूचनामा उल्लेख गरिएको अनलाइन फाराम तथा क्यूआर कोडमार्फत प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ।

प्रकाशित: ५ श्रावण २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार