आईफोन १८ प्रो सिरिज र फोल्डेबल आईफोन सेप्टेम्बर ८ मा डेब्यू हुने सम्भावना

  • Technology Khabar | १६ असार २०८३, मंगलवार
आईफोन १८ प्रो सिरिज र फोल्डेबल आईफोन सेप्टेम्बर ८ मा डेब्यू हुने सम्भावना
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

एउटा नयाँ रिपोर्टले एप्पलले सेप्टेम्बरको दोस्रो हप्तामा आफ्नो अर्को आईफोन लन्च कार्यक्रम आयोजना गर्न सक्ने सुझाव दिएको छ। आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्ससँगै कम्पनीको पहिलो फोल्डेबल आईफोन डेब्यू हुने अपेक्षा गरिएको छ।

ब्लूमबर्गका मार्क गर्मनले एप्पलले आफ्नो सामान्य लन्च तालिका पालना गर्ने र श्रम दिवस पछिको पहिलो मंगलबार वा बुधबार नयाँ आईफोन लाइनअप अनावरण गर्ने अपेक्षा गरिएको बताएका छन्।

गर्मनले उक्त समयरेखाको आधारमा एप्पलले सेप्टेम्बर ८ मा आईफोन १८ प्रो लाइनअप र आईफोन अल्ट्रा भनिने कम्पनीको पहिलो फोल्डेबल आईफोन अनावरण गर्ने सम्भावना बढी भएको विश्वास व्यक्त गरेका छन्। त्यसैगरी, सेप्टेम्बर ७ मा श्रम दिवस पर्ने भएकाले सेप्टेम्बर ९ मा पनि नयाँ डिभाइसहरु अनावरण गरिने सम्भावना रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

यदि एप्पलले सेप्टेम्बर ९ मा लन्च कार्यक्रम अयोजना गरेको खण्डमा भने गर्मनले सेप्टेम्बर १० मा प्रि–अर्डरहरू खुल्ने अपेक्षा गरेका छन्। नयाँ आईफोन लाइनअप त्यसपछि त्यो महिनाको अन्त्यमा बिक्रीमा जाने सम्भावना बढी रहेको उल्लेख गरिएको छ।

एप्पलले हालै आफ्ना धेरै उत्पादनहरूको मूल्य बढाएको छ, र आगामी आईफोन १८ प्रो लाइनअपले पनि आफ्ना पूर्ववर्तीहरू भन्दा उच्च मूल्य ट्याग बोक्ने हल्ला रहेको छ।

प्रकाशित: १६ असार २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार