Samsung

सामसङले ग्यालेक्सी ए२४ ४जीको लागि वान यूआई ९ मा काम गर्न सुरु गर्यो

सामसङले ग्यालेक्सी ए२४ ४जीको लागि वान यूआई ९ मा काम गर्न सुरु गर्यो
फोटो सौजन्यः जीएसएमएरिना
Global IME Bank

सामसङले केही दिन अघि ग्यालेक्सी ए२४ ४जीको लागि एन्ड्रोइड १६–आधारित वान यूआई ८.५ स्थिर अपडेट जारी गरेको थियो। कम्पनीले अब यो स्मार्टफोनको लागि एन्ड्रोइड १७–आधारित वान यूआई ९ को परीक्षण गर्न थालेको थाहा हुन आएको छ।

सामसङको सर्भरमा देखा परेको ग्यालेक्सी ए२४ ४जीको लागि वान यूआई ९ बिल्डमा ए२४५एफएक्सएक्सयूसीजीजेडएफ४ फर्मवेयर संस्करण रहेको छ। तर सामसङले स्मार्टफोनको लागि वान यूआई ९ बिटा वा स्थिर अपडेट कहिले जारी गर्नेछ भन्ने बारेमा थाहा नभएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

वास्तवमा, अहिलेसम्म ग्यालेक्सी एस२६ सिरिजका स्मार्टफोनहरू मात्र वान यूआई ९ बिटा प्राप्त गर्ने एक मात्र स्मार्टफोनहरू हुन् भने सामसङले धेरै ग्यालेक्सी डिभाइसहरूको लागि वान यूआई ९ मा काम गरिरहेको छ।

सामसङले कहिलेदेखि वन युआई ९ बिटा कार्यक्रमलाई थप डिभाइसहरूमा विस्तार गर्नेछ भन्ने कुरा स्पष्ट नभए पनि सामसङका आगामी फोल्डिङ स्मार्टफोनहरू वन युआई ९ लाई बक्स बाहिर चलाउने पहिलो स्मार्टफोनहरू हुने थाहा हुन आएको छ।

सामसङले आगामी महिना लन्डनमा एक कार्यक्रममा ग्यालेक्सी जेड फ्लिप८, ग्यालेक्सी जेड फोल्ड८, र ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा जस्ता फोल्डिङ स्मार्टफोनहरू अनावरण गर्ने हल्ला रहेको छ।

Sajilo Visa
easy care