जेठ मसान्तसम्म २ अर्ब रुपैयाँभन्दा बढीको राउटर आयात, ३९ करोड २६ लाख राजस्व संकलन

  • Technology Khabar | १३ असार २०८३, शनिबार
जेठ मसान्तसम्म २ अर्ब रुपैयाँभन्दा बढीको राउटर आयात, ३९ करोड २६ लाख राजस्व संकलन
शोरुममा बेच्न राखिएका बिभिन्न ब्राण्डका राउटरहरु। फाइल तस्विर

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्षको एघारौं महिना २०८३ जेठ मसान्तसम्म २ अर्ब रुपैयाँ भन्दा बढीको राउटर आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को यो अवधिसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार २ अर्ब ९ करोड ८६ लाख ७७ हजार रुपैयाँ बराबरको राउटर आयात भएको छ।

उक्त अवधिसम्म माथि उल्लिखित रकम बराबरको ८ लाख ३९ हजार ६ सय थान राउटर आयात भएको विवरणमा उल्लेख छ। यो आयातबाट सरकारले ३९ करोड २६ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा पनि छिमेकी चीन र भारतसहित विश्वका जम्मा १५ मुलुकबाट राउटर आयात भएको छ।

यो अवधिमा सबैभन्दा बढी चीनबाट २ अर्ब २६ लाख ६० हजार रुपैयाँ बराबरको ८ लाख ११ हजार ४५ थान राउटर आयात भएको छ। यसैगरी भारतबाट ८ लाख १५ हजार बराबरको ९१३ थान, मलेसियाबाट ४ लाख ९८ हजार बराबरको ५१ थान, कतारबाट २ हजार बराबरको ५ थान, अमेरिकाबाट ३ लाख ६७ हजार बराबरको ३ थान राउटर आयात भएको छ। यसैगरी भियतनामबाट ८ करोड ५८ लाख ९६ हजार बराबरको २७ हजार १०७ थान राउटर आएको छ।

यस्तो छ विवरण:

क्र.सं. देश विवरण रकम (हजारमा)
चीन ८११०४५ २००२६६०
जर्मनी ८४१
भारत ९१३ ८१५
लाट्भिया ३३२ ५२२१
लिथुआनिया २४ ४२७
मलेसिया ५१ ४९८
कतार
साउदी अरब
सिंगापुर
१० ताइवान १०३ १९४३
११ यूएई १०
१२ बेलायत
१३ अमेरिका ३६७
१४ भनुआटु
१५ भियतनाम २७१०७ ८५८९६

प्रकाशित: १३ असार २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार