नासाले यसकारण बनाएको छ चन्द्रमाको सतहमा न्यूक्लियर रिएक्टर राख्ने योजना

  • Technology Khabar | ८ असार २०८३, सोमबार
नासाले यसकारण बनाएको छ चन्द्रमाको सतहमा न्यूक्लियर रिएक्टर राख्ने योजना
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

हालैका वर्षहरूमा अन्तरिक्ष क्षमताहरूमा उल्लेखनीय वृद्धि भएको छ। नासाको आर्टेमिस दुई मिसनले ५० वर्षभन्दा बढी समयपछि पहिलो चन्द्र अभियानमा अन्तरिक्ष यात्रीहरू रीड वाइजम्यान, क्रिस्टिना कोक, भिक्टर ग्लोभर र जेरेमी ह्यान्सनलाई चन्द्रमामा पुर्याएको छ।

अब, अमेरिकी अन्तरिक्ष एजेन्सीले अझ बढी महत्वाकांक्षी लक्ष्य राखेको बताइएको छ। २०२८ सम्ममा मध्यम–शक्ति रिएक्टरलाई अर्बिट (कक्ष) मा प्रक्षेपण गर्ने योजना सहित २०३० सम्ममा नासाको सर्फेस फिसन पावर प्रोजेक्ट मार्फत चन्द्रमामा न्यूक्लियर रिएक्टर (आणविक रिएक्टरहरू) राख्ने उल्लेख गरिएको छ।

तर यो कठिन कार्यको लागि नासाले अमेरिकी ऊर्जा विभाग र रक्षा विभागसँग मिलेर काम गर्नुपर्ने विदेशी मिडियालाई उद्धृत दर्गै टेलिग्राफले रिपोर्ट गरेको छ।

यो सन्दर्भमा ह्वाइट हाउस अफिस अफ साइन्स एण्ड टेक्नोलोजी पोलिसी (ओएसटीपी) ले पहिले नै संघीय एजेन्सीहरूलाई अन्तरिक्ष आणविक प्रविधिको लागि कार्य योजना विकास गर्न नयाँ निर्देशन साझा गरिसकेको छ।

ओएसटीपीले एक्समा “अन्तरिक्षमा आणविक शक्तिले हामीलाई चन्द्रमा, मंगल ग्रह र त्यसभन्दा बाहिर स्थायी उपस्थितिको लागि आवश्यक विद्युत, ताप र दिगो प्रोपल्सन दिने” पोस्टमा उल्लेख गरेको छ।

अन्तरिक्षमा सौर्य ऊर्जा किन सीमित छ?

विदेशी मिडियाका अनुसार यो परिवर्तन मुख्यतया चन्द्रमा वा मंगल ग्रह जस्ता अन्य ग्रहहरूमा दीर्घकालीन मानव बसोबासलाई भरपर्दो रूपमा समर्थन गर्न सौर्य ऊर्जा र अन्य परम्परागत ऊर्जा स्रोतहरू पर्याप्त नहुने भएकाले यस्तो हुन्छ।

त्यसैगरी लुनार नाइट त्यसको प्रमुख कारण भएको र चन्द्रमामा एक रात पृथ्वीको लगभग १४ दिनसम्म रहने उल्लेख गरिएको छ।

उक्त समयमा, सौर्य प्यानलहरू प्रयोग गर्न नसकिने र ब्याट्रीहरूमा चिसोका साथै अँध्यारो अवधिमा सम्पूर्ण आधारलाई समर्थन गर्न पर्याप्त क्षमता नहुने बताइएको छ।

सौर्य ऊर्जामा मात्र भर पर्दा आर्टेमिस जस्ता कार्यक्रमहरूलाई स्थायी रूपमा अँध्यारो क्षेत्रहरू जस्तै चन्द्रमाको दक्षिण ध्रुव अन्वेषण गर्न गाह्रो हुनेछ। साथै चन्द्रमाको दक्षिण ध्रुवमा कहिल्यै सूर्यको किरण पर्दैन र हिउँ मात्र रहने  गर्दछ।

त्यसको विपरीत न्यूक्लियर रिएक्टर (आणविक रिएक्टरहरू) ले मुख्यतया मौसम, सूर्यको किरण वा स्थानको पर्वाह नगरी न्युक्लियर फ्युजनमार्फत वर्षौंसम्म निरन्तर र प्रचुर मात्रामा ऊर्जा प्रदान गर्दछ।

न्यूक्लियर इलेक्ट्रिक प्रोपल्सनले “अन्तरिक्षयानहरू” लाई फ्यूल एक्जसनलाई जोखिममा नराखी जटिल, लामो–अवधिको मिसनहरू पूरा गर्न मद्दत गर्न सक्छन्।

“अमेरिकाले अन्तरिक्षमा आणविक ऊर्जा सुरु गर्ने समय आएको” भन्दै नासाका प्रशासक ज्यारेड इसाकम्यानले एक्समा पोस्ट गरेका छन्।

सर्फेस फिसन पावर प्रोजेक्टको डिजाइन क्षमता ४०–१०० किलोवाट हुने अपेक्षा गरिएको छ भने यो धेरै वर्षसम्म विज्ञान प्रयोगशालाहरू र स्रोत निकासी उपकरणहरू सहितको सानो चन्द्रमा बासस्थानलाई समर्थन गर्न पर्याप्त हुनुपर्ने उल्लेख गरिएको छ।

यो परियोजनाले चीन र रूसको तुलनामा अमेरिकालाई अन्तरिक्ष प्रविधिमा आफ्नो स्थिति बलियो बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ भने भविष्यमा मंगल ग्रहमा क्रू मिसनहरूको लागि प्रविधिहरू अगाडि बढाउन चन्द्रमा टेस्टबेड प्रदान गर्ने अपेक्षा गरिएको छ।

अन्तरिक्ष यात्रीहरूलाई आवश्यक पर्ने न्यूनतम मर्मतसम्भारको साथ यो प्रणाली स्वायत्त रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ भने स्केलेबल र मोड्युलर रहने थप उल्लेख गरिएको छ।

त्यसैगरी प्रणालीले अन्तरिक्ष प्रोपल्सन र चन्द्रमामा भविष्यको जीवन दुवैलाई समर्थन गर्न सक्ने अनुप्रयोगहरू विचार गर्नुपर्ने बताइएको छ।

प्रकाशित: ८ असार २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार