लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीहरुलाई विद्युतीय चुलो उपलब्ध गराउन आवेदन खुला

  • Technology Khabar | ५ आश्विन २०८३, सोमबार
लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीहरुलाई विद्युतीय चुलो उपलब्ध गराउन आवेदन खुला

काठमाडौं ।

वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गमा पर्ने ३०० विद्यार्थीहरुलाई विद्युतीय चुलो उपलब्ध गराउनका लागि आवेदन खुलाएको छ।

स्वदेशमा उत्पादित स्वच्छ ऊर्जाको खपत वृद्धि गर्न तथा विद्युतीय चुलोको पनि प्रवर्द्धन गर्न काठमाण्डौं बाहिरबाट काठमाण्डौं उपत्यकामा आई घर भाडामा लिई स्नातक वा स्नाकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई सहजता प्रधान गर्न उक्त आवेदन खुलाएका हो।

जसका लागि विद्यार्थीहरुले अनलाईन फारम भरी तपसिल बमोजिमको कागजात अपलोड गर्न सक्नेछन्। अनलाइन फाराम मात्र भरी आवश्यक कागजात पेश नगरेका विद्यार्थीहरुको आवेदनलाई छनौटमा समावेश नगरिने वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले जनाएको छ।

यस लिङ्क मार्फत अनलाईन फारम भर्न सकिनेछ: https://mis.aepc.gov.np: 1415/

 

प्रकाशित: ५ आश्विन २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार