डिजिटल नेपाल कन्क्लेभ २०२६ सम्पन्न

  • Technology Khabar | ५ आश्विन २०८३, सोमबार
डिजिटल नेपाल कन्क्लेभ २०२६ सम्पन्न

काठमाडौं ।

आईसीटी फाउन्डेसन नेपालले आयोजना गरेको पाँचौँ संस्करणको डिजिटल नेपाल कन्क्लेभ (डीएनसी) सम्पन्न भएको छ।

‘बिल्डिङ डिजिटल रेजिलियन्सस् रिडिफाइनिङ द गभर्नेन्स, डेटा एन्ड द डिजिटल इकोनोमी’ मूल विषयमा आयोजित कन्क्लेभमा डिजिटल शासन, विपद् प्रतिकार्य, सार्वजनिक सेवा, डेटा शासन, कृत्रिम बुद्धिमत्ता, डिजिटल पूर्वाधार, नवप्रवर्तन तथा डिजिटल अर्थतन्त्रका विविध पक्षमा उच्चस्तरीय छलफल भएको हो।

आइसिटी फाउन्डेसन नेपालक अध्यक्ष राजन लम्सालले डिजिटल नेपाल कन्क्लेभ डिजिटल रुपान्तरण र इकोसिस्टम विकासको लागि नीतिगत सुधार तथा डिजिटल एजेन्डालाइ प्राथमिकीकरण गर्ने अभियानमा काम गरिरहेको बताए्। सरकार, सरोकारवाला, नीति निर्माता, विकास साझेदारी संस्था, निजिक्षेत्र, उद्यमी र इन्नोभेटरलाइ एकै प्लाटफर्ममा जोड्दै सकारात्मक परिवर्तनको प्रयास गरिरहेको लम्सालको भनाइ छ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा मात्र सीमित नगरी विपद् तथा संकटका समयमा समेत नागरिकलाई निरन्तर सेवा, सूचना र सञ्चार उपलब्ध गराउन सक्ने गरि दिगो एवम् उत्थानशील डिजिटल प्रणालीको निर्माणमा जोड दिएको बताए।

उनले संकटका समयमा सूचना पूर्वाधारजत्तिकै महत्वपूर्ण हुने, सञ्चार यातायातजत्तिकै आवश्यक पर्ने, विश्वसनीय तथ्याङ्क निर्णय प्रक्रियाको आधार बन्ने र सार्वजनिक विश्वास प्रविधिको प्रभावकारितासँग प्रत्यक्ष रूपमा जोडिने जानकारी दिए।

बिशिस्ट अतिथि तथा प्रधानमन्त्रीका सल्लाहकार सुदिप ढकालले सरकारले १०० दिनका कार्यक्रमदेखि नै डिजिटल प्रविधिको प्रयोगमा जोड दिएको र डिजिटल गर्भनेन्समार्फत सुशासन पहिलो प्राथमिकता रहेको बताए। नागरिक एप मार्फत सार्बजनिक सेवाहरु थप प्रभावकारी बनाउने र एकिकृत सेवा सँचालनमा जोड दिएको उनको भनाई थियो।

प्रकाशित: ५ आश्विन २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...