तस्बिरहरूबाट फिङ्गरप्रिण्ट चोरी हुन सक्ने विज्ञहरूको चेतावनी

  • Technology Khabar | २० जेष्ठ २०८३, बुधबार
तस्बिरहरूबाट फिङ्गरप्रिण्ट चोरी हुन सक्ने विज्ञहरूको चेतावनी

काठमाडौं ।

सुरक्षा विज्ञहरूले साधारण सेल्फीले फिङ्गरप्रिण्ट (औँलाको छाप) उजागर गर्न सक्ने चेतावनी दिएका छन्।

प्रयोगकर्ताको फिङ्गरटिप्स (औंलाको टुप्पो) क्यामराबाट स्पष्ट रूपमा टाढा हुँदा जोखिम सबैभन्दा बढी हुने उल्लेख गरिएको छ।

आधुनिक फोनको क्यामरा र एआई इमेज (तस्बिर) सार्पेनिङको साथ प्रयोगकर्ताको फिङ्गरप्रिण्ट (औंलाको) चोरी हुन सक्ने जोखिम उच्च हुने टेलीग्राफले रिपोर्ट गरेको छ।

चिनियाँ विज्ञहरूले हालै टिभीमा सामान्य सेलिब्रेटी सेल्फी प्रयोग गरेर यसको बारेमा प्रदर्शन गरेका छन्। उनीहरुले सही अवस्थामा फोटोबाट बायोमेट्रिक विवरणहरू कसरी निकाल्न सकिन्छ भनेर देखाएको छ।

त्यसैगरी फिङ्गरप्रिण्ट (औँलाको छाप) पासवर्डहरू भन्दा फरक हुने थप उल्लेख गरिएको छ। फिङ्गरप्रिण्ट (औँलाको छाप) हरू फोन, बैंकिङ अनुप्रयोगहरू र भुक्तानी प्रणालीहरूको लागि प्रयोग गर्ने गरिन्छ।

हातको क्लोज–अप शटहरू पोस्ट नगर्नु नै सबैभन्दा सरल समाधान भएको बताइएको छ। तस्बिरहरूलाई साझा गर्नु अघि आफ्नो फिङ्गरटिप्स (औंलाको छेउ) लाई ब्लर (धमिलो) पार्ने र महत्त्वपूर्ण खाताहरूको लागि फेस आईडी वा मल्टि–फ्याक्टर प्रमाणीकरण जस्ता बलियो सुरक्षा प्रयोग गर्न आग्रह गरिएको छ।

प्रकाशित: २० जेष्ठ २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार