यूट्युबले अब एआईबाट बनाइएका कन्टेन्टलाई अझ प्रस्ट रूपमा लेबल गर्ने

  • Technology Khabar | १७ जेष्ठ २०८३, आईतवार
यूट्युबले अब एआईबाट बनाइएका कन्टेन्टलाई अझ प्रस्ट रूपमा लेबल गर्ने
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

यूट्युबले एआईबाट बनाइएका कन्टेन्ट (सामग्री) लाई लेबल गर्ने तरिकामा अझ पारदर्शी हुने घोषणा गरेको छ।

बुधबारदेखि यूट्युबमा अपलोड गरिएका सबै भिडियोहरूमा अब अर्थपूर्ण रूपमा एआई–परिवर्तन गरिएका वा उत्पन्न गरिएका हुन् भनेर तिनीहरूमा एक प्रमुख एआई लेबल देखाइनेछ। लङ्ग–फर्म (लामो) भिडियोहरूले भिडियो प्लेयरको मुनि र विवरण माथि लेबल देखाउनेछन् भने शर्ट्सले भिडियोमा सिधै ओभरलेको रूपमा लेबल देखाउनेछ।

यूट्युबमा अझै पनि कन्टेन्ट क्रियटरहरु आफैंले आफ्ना भिडियोहरूलाई एआईमार्फत् बनाइएको भनेर ट्याग गर्नुपर्छ। त्यसैगरी यूट्युबमा अब उपलब्ध कन्टेन्ट डिटेक्सन सिस्टम (सामग्री पत्ता लगाउने प्रणाली) ले म्यानुअल रूपमा ट्याग नगरे पनि एआईमार्फत् बनाइएका सामग्रीको विश्लेषण र फ्ल्याग गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

यदि भिडियोहरू गलत रूपमा एआई–उत्पन्नको रूपमा पहिचान गरिएका अवस्थामा भने कन्टेन्ट क्रियटरले यूट्युब स्टुडियोमा डिस्क्लोजर स्ट्याटस अपडेट गर्न सक्ने छन्।

तर यदि भिडियो यूट्युबको आफ्नै एआई टुलहरू, जस्तै भिओ वा ड्रीम स्क्रिन प्रयोग गरेर बनाइएको हो भने, वा यदि त्यसमा सी२पीए मेटाडाटा समावेश गरिएको छ भने डिस्क्लोजर रहने छ।

यूट्युबका अनुसार डिसक्लोसर लेबलले भिडियोहरू रिकमेण्ड (सिफारिस) वा मनिटाइज्ड (मुद्रीकरण) गर्ने तरिका परिवर्तन नगर्ने र तिनीहरूको वरिपरि पारदर्शिता मात्र बढाउने उल्लेख गरिएको छ।

प्रकाशित: १७ जेष्ठ २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...