चैत्र महिनामा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम सवा ५ अर्ब २४ करोड रुपैयाँले बढ्यो

  • Technology Khabar | ३१ बैशाख २०८३, बिहीबार
चैत्र महिनामा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम सवा ५ अर्ब २४ करोड रुपैयाँले बढ्यो

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को नवौं महिना चैत्रभरी इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम र सङ्ख्या दुवै अघिल्लो महिनाको तुलनामा उल्लेख्य बढेको छ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८२ चैत्र समान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार इन्टरनेट बैंकिङ कारोबारको सङ्ख्या र रकम दुवैमा उल्लेख्य गिरावट आएको पाइएको हो।

यो प्रवृत्ति पुषबाट माघ मसान्तसम्म उस्तै रहे पनि माघबाट फागुन मसान्तसम्म पुग्दा ठिक विपरित रहेको थियो। अर्थात् उक्त अवधिमा कारोबार रकम र सङ्ख्या दुवैमा अघिल्ला महिनाको तुलनामा ओरालो लागेको थियो।

माघ मसान्तबाट फागुन मसान्तसम्म आइपुग्दा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार सङ्ख्या ८ हजार ९६६ घटेर समग्रमा ५ लाख ६० हजार २६१ मा झरेको थियो।

फागुन मसान्तबाट बाट चैत्र मसान्तसम्म आइपुग्दा यो आँकडा ६९ हजार ६२ बढेर समग्रमा ६ लाख २९ हजार ३२३ मा पुगेको छ।

यसैगरी कारोबार रकम गत माघ मसान्तदेखि फागुन मसान्तसम्मको एक महिनामा १ अर्ब ७१ करोड घटेर समग्रमा २२ अर्ब २१ करोड १० लाखमा झरेको थियो।

हाल फागुन मसान्तबाट चैत्र मसान्तसम्म आइपुग्दा यो आँकडा ५ अर्ब २४ करोड १० लाखले बढेर २७ अर्ब ४५ करोड २० लाख पुगेको प्रतिवेदनले देखाएको छ।

प्रकाशित: ३१ बैशाख २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार