सामसङले ग्यालेक्सी ट्याब ए११प्लस किड्स एडिशन लन्च गर्यो

  • Technology Khabar | ७ बैशाख २०८३, सोमबार
सामसङले ग्यालेक्सी ट्याब ए११प्लस किड्स एडिशन लन्च गर्यो
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

सामसङले बाल–केन्द्रित ट्याब्लेट दायरामा पछिल्लो थपको रुपमा ग्यालेक्सी ट्याब ए११प्लस किड्स एडिशन अनावरण गरेको छ। अघिल्ला किड्स एडिशन इन्ट्रिहरू जस्तै यो मूल रूपमा वाई–फाई वन्लि ग्यालेक्सी ट्याब ए११प्लस हो र सफ्टवेयर पक्षमा अभिभावकीय नियन्त्रणहरूको साथमा एक्सेसरिजहरू उपलब्ध गराइएको छ।

ट्याबको सबैभन्दा उल्लेखनीय पक्षको रुपमा रहेको फोम केसले ड्रप सुरक्षा प्रदान गर्दछ भने बिल्ट–इन किकस्ट्यान्ड सुविधा दिनुका साथै बोक्ने ह्यान्डलको रूपमा पनि प्रयोग गर्न सकिनेछ।

यो केस नीलो, रातो, बैजनी र शाही नीलो रङ्गहरूमा उपलब्ध हुनेछ। अर्को ठूलो थप भनेको क्रेयो–पेन स्टाइलस रहेको र यो टेथर हुकको साथ आउने बताइएको छ। सामसङले अझ बढी निजीकरणको लागि डिभाइसलाई स्टिकरहरूसँग पनि बन्डल गरिरहेको छ।

बलियो केसिङ र स्टाइलस बाहेक किड्स एडिशन ग्यालेक्सी ट्याब ए११प्लस सामसङ किड्स एपसँग बन्डल गरिएको हुनाले स्क्रिन समय सेट गर्नुका साथै एप्स र कन्टेन्टमा पहुँच व्यवस्थापन गर्न उन्नत अभिभावकीय नियन्त्रणहरू प्रदान गर्दछ। ग्यालेक्सी ट्याबको यो संस्करण ६जीबी र्याम र १२८जीबी स्टोरेजमा उपलब्ध हुन्छ।

ग्यालेक्सी ट्याब ए११प्लस किड्स एडिशन अमेरिकामा ३५० अमेरिकी डलरमा खुद्रा बिक्री गरिने छ। यो उही ६/१२८जीबी ट्रिमको स्ट्याण्डर्ड ट्याब ए११प्लस भन्दा १५० अमेरिकी डलर बढी मूल्य भएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ७ बैशाख २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...