
काठमाडौं ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन बिच मङ्गलबार मुम्बईमा भेटवार्ता भई भारत–फ्रान्स इनोभेसन वर्ष २०२६ को सयुक्त उद्घाटन गर्ने जनाइएको छ।
राष्ट्रपति इमानुएल म्याक्रोन फेब्रुअरी १७–१९ सम्म भारतको आधिकारिक भ्रमणमा रहने तथा प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतले आयोजना गरेको “एआई इम्प्याक्ट“ शिखर सम्मेलनमा भाग लिनेसमेत जनाइएको छ।
फेब्रुअरी–१७ दिउँसो ३ः१५ बजे उनीहरुले मुम्बईको लोक भवनमा द्विपक्षीय छलफल गर्ने आधिकारिक विज्ञप्तिमा उल्लेख छ। सोही क्रममा उनीहरूले भारत–फ्रान्स रणनीतिक साझेदारीमा भएको प्रगतिको समीक्षा गर्ने अपेक्षा गरी गएको छ । उनीहरूको छलफल रणनीतिक साझेदारीलाई सुदृढ पार्ने र नयाँ तथा उदीयमान क्षेत्रहरूमा विविधीकरण गर्ने विषयमा केन्द्रित हुने जनाइएको छ । प्रधानमन्त्री मोदी र राष्ट्रपति म्याक्रोनले क्षेत्रीय र विश्वव्यापी महत्वका सवालहरुमा पनि विचार आदान–प्रदान गर्ने जनाइएको छ ।
म्याक्रोनको भ्रमण रक्षा, अन्तरिक्ष, आणविक ऊर्जा, जलवायु, शिक्षा र जनता–जनता आदानप्रदानमा भारत र फ्रान्स बीचको साझेदारीको पृष्ठभूमिका बिच भएको उल्लेख गरिएको छ।
विदेश मन्त्रालयका अनुसार मुम्बईमा उनीहरुले एमओयू आदान – प्रदान गर्नेछन्। होटल ताजमहल प्यालेसले भारत–फ्रान्स इनोभेसन फोरमको आयोजना गर्नेछ भने गेटवे अफ इन्डियामा भारत–फ्रान्स इनोभेसन र सांस्कृतिक स्मारकको उद्घाटन हुने छ।
इमानुएल म्याक्रोन र प्रथम महिला मेडम ब्रिगिट म्याक्रोनले फेब्रुअरी १६–१९ मा भारत भ्रमणको क्रममा मुम्बई र दिल्लीकोसमेत भ्रमण गर्ने जनाइएको छ।
नव प्रवर्तन वर्ष २०२६ दुवै देशहरूमा वर्षभरि मनाइनेछ भने यसले प्रविधि, अनुसन्धान र जनता आदानप्रदानमा सहयोगलाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ।
प्रधानमन्त्री मोदीको निमन्त्रणामा फ्रान्सेली राष्ट्रपति म्याक्रोनको भारत भ्रमणले कृतिम बौद्धिकता (एआई)का क्षेत्रमा सहयोग र उदीयमान प्रविधिहरूमा ध्यान केन्द्रित गर्दै भारत–फ्रान्स रणनीतिक साझेदारीमा निरन्तरताको सङ्केत गरेको जनाइएको छ ।
नयाँदिल्ली एआईका क्षेत्रमा विश्वको सबै भन्दा महत्वपूर्ण वार्तामा केन्द्रित हुँदा प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लोबल एआई इम्प्याक्ट एक्सपोको उद्घाटन गर्ने तयारी गरेको जनाइएको छ ।
प्रधानमन्त्री मोदीले शिखर सम्मेलन अघि, उहाँले भारत आएका प्रतिनिधिहरूलाई स्वागत गर्ने र इन्डिया एआई इम्प्याक्ट एक्सपो २०२६ को उद्घाटन गर्ने जनाइएको छ ।
फेब्रुअरी १६ – २० सम्म, नयाँ दिल्लीमा आयोजित पहिलो अन्तर्राष्ट्रिय एआई शिखर सम्मेलन “इम्प्याक्ट समिट” विश्वव्यापी एआई भविष्यलाई आकार दिने बताइएको छ। रासस/एएनआई
प्रकाशित: ४ फाल्गुन २०८२, सोमबार