अनर प्याड एक्स८बीआधिकारिक अनावरण; खरिदको लागि उपलब्ध

  • Technology Khabar | ४ फाल्गुन २०८२, सोमबार
अनर प्याड एक्स८बीआधिकारिक अनावरण; खरिदको लागि उपलब्ध
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

अनर प्याड एक्स८बी चुपचाप साउदी अरेबियामा लन्च गरिएको छ। २०२२ मा एक्स८ घोषणा गरेको साढे तीन वर्ष पछि एक्स८बी आइपुगेको छ।

नयाँ ट्याब्लेटमा ९०हर्ज रिफ्रेस रेट सहितको ११ इन्चको १९२०×१२०० आईपीएस एलसीडी स्क्रिन, ५ मेगापिक्सेलको रियर क्यामरा, ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा र १०,१०० एमएएच ब्याट्री समावेश गरिएको छ। स्न्यापड्रागन ६८० एसओसीद्वारा संचालित अनर प्याड एक्स८बी ट्याब्लेटमा ४जीबी र्याम र १२८जीबी स्टोरेज रहेको छ। ७.२५एमएम पातलो र ४९६ ग्राम तौल भएको ट्याब्लेटले म्याजिकओएस १० सहित एन्ड्रोइड १६ चलाउँछ। साउदी अरेबियामा यो ट्याब्लेटको बक्समा चार्जर पनि उपलब्ध हुने उल्लेख गरिएको छ।

साउदी अरेबियामा लन्च अफर अन्तर्गत अर्को दुई हप्ताको लागि अनर प्याड एक्स८बी ६४९ साउदी रियाल (लगभग १७३ अमेरिकी डलर हो) मा किन्न सकिने छ। लन्च अफरपछि ट्याब्लेटको मूल्य ८४९ साउदी रियाल (लगभग २२६ अमेरिकी डलर) हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ४ फाल्गुन २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

India hosts AI summit as safety concerns grow

  • Technology Khabar
  • ४ फाल्गुन २०८२, सोमबार