
काठमाडौं ।
एप्पलको नयाँ किफायती आईफोन यो महिनाको अन्त्यमा लन्च हुने हल्ला रहेको छ। एउटा लीकले एप्पलको नयाँ आईफोन १७ई फेब्रुअरी १९ मा घोषणा हुने खुलासा गरेको छ। यद्यपि हालसम्म लन्चको बारेमा आधिकारिक रुपमा केही पुष्टि भएको भने छैन। युट्युबर जोन प्रोसरले आगामी आईफोन १७ईको पहिलो झलक देखाउने नयाँ भिडियो साझा गरेका छन्।
युट्युबरले साझा गरेको भिडियोमा डायनामिक आइल्याण्ड र म्यागसेफ चार्जिङ समर्थन भएको आईफोन १७ई प्रदर्शन गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
यद्यपि, हालैका लीकहरू र रिपोर्टहरूले एप्पलले आगामी आईफोनमा डायनामिक आइल्याण्ड समावेश नगर्ने सुझाव दिएका छन्। साथै यो डिभाइसले आईफोन १६ईमा रहेको नच चयन गर्ने सम्भावना रहेको उल्लेख गरिएको छ।
डिजाइनको सन्दर्भमा नयाँ आईफोन १७ई पुरानो मोडेल जस्तै देखिने सम्भावना रहेको र एप्पलले नयाँ रङ्ग विकल्पहरू प्रदान गर्न सक्ने बताइएको छ। साथै यो डिभाइस ए१९ एसओसी र ४८ मेगापिक्सेलको एउटा रियर क्यामराको साथ आउने रिपोर्ट गरिएको छ।
टिपस्टरका अनुसार, यदि आईफोन १७ईले डायनामिक आइल्याण्ड पाएको खण्डमा भने अब डिभाइसमा नयाँ १८ मेगापिक्सेल स्क्वायर सेल्फी सेन्सर पनि समावेश हुने सम्भावना छ।
फोनमा १६ईको ६.१ इन्चको ६० हर्ज डिस्प्ले र ४,००० एमएएच ब्याट्री कायम गरिने हल्ला पनि रहेको छ। यद्यपि, सुधारिएको कनेक्टिभिटीको लागि डिभाइसले नयाँ सी१एक्स मोडेम र एन१ वायरलेस नेटवर्क चिपसेट पाउने बताइएको छ।
प्रकाशित: ४ फाल्गुन २०८२, सोमबार