क्रिज–मुक्त फोल्डेबल आईफोन एप्पलको चाहना, सामसङले भने समस्या अझै पूर्ण रूपमा समाधान गर्न सकेको छैन

  • Technology Khabar | ९ पुष २०८२, बुधबार
क्रिज–मुक्त फोल्डेबल आईफोन एप्पलको चाहना, सामसङले भने समस्या अझै पूर्ण रूपमा समाधान गर्न सकेको छैन
फोटो सौजन्यः गीज्मोचाइना

काठमाडौं ।

एप्पलले चुपचाप आफ्नो फोल्डेबल आईफोनमा काम गरिरहेको छ। डिभाइसको स्पेक्सहरूको खुलासा गर्ने लीकहरु निरन्तर बाहिरिरहेका छन् र डिजिटल च्याट स्टेशनबाट आएको नयाँ लीकले फोल्डेबलमा थप प्रकाश पारेको छ।

एप्पलको फोल्डेबल डिस्प्लेको मुख्य लक्ष्य भनेको डिस्प्लेलाई “दृश्यात्मक रूपमा क्रिज–मुक्त” बनाउनु भएको लीकले उल्लेख गरेको छ। आधुनिक एन्ड्रोइड फोल्डेबल प्रयोग गर्नेहरु सबैलाई यो किन महत्त्वपूर्ण छ भनेर थाहा भएको उल्लेख गरिएको छ।

धेरै पुस्ता पछि पनि सामसङको ग्यालेक्सी जेड फोल्ड सिरिज र अन्य एन्ड्रोइड फोल्डेबल जस्ता फोनहरूमा अझै पनि डिस्प्लेको बीचमा क्रिज देखिने गरेको छ। प्रयोगकर्ताहरूले प्रायः केही समय पछि क्रिजलाई याद गर्न छोड्ने गरेको उल्लेख गरिएको छ।

लीकले एप्पलले यूएफजीमा प्रगति गरेको भए तापनि अझै प्राविधिक अवरोधहरूको सामना गरिरहेको बताएको छ। उक्त अवरोधहरूको सामना गर्न, कम्पनीले विभिन्न मोटाईमा अल्ट्रा–थिन फ्लेक्सिबल ग्लास (यूएफजी) प्रयोग गरिरहेको बताइएको छ।

यो ग्लास तह फोल्डेबल डिस्प्लेको माथि बस्ने र समयसँगै क्रिज कति देखिने हुन्छ भन्ने कुरामा ठूलो भूमिका खेल्ने गीज्मोचाइनाले रिपोर्ट गरेको छ।

एप्पल एक्लो छैनः

फोल्डेबल आईफोन अर्को वर्षको सेप्टेम्बर अघि आउने अपेक्षा गरिएको छैन। तसर्थ उक्त अवधिसम्ममा कम्पनी र आपूर्तिकर्ताहरूलाई यी समस्याहरू समाधान गर्न थप समय प्राप्त हुनेछ।

चाखलाग्दो कुरा के छ भने डीसीएसले दुई अन्य चिनियाँ निर्माताहरूले वाइड–फोल्डिङ्ग डिजाइनहरूसँग समान यूएफजी समाधानहरू परीक्षण गरिरहेका सुझाव दिएको छ। यदि आपूर्ति श्रृंखला समस्याहरू समाधान भएमा, एप्पलसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्दै सोही समयमा धेरै क्रिज–केन्द्रित फोल्डेबलहरू आइपुगेको देख्न सकिने उल्लेख गरिएको छ।

हालका धेरै फोल्डेबलहरूले पोलिमर तहहरू वा हिञ्ज डिजाइनहरू प्रयोग गर्दछन् र तिनीहरुले देख्न सकिने रेखालाई कम गर्दछ। यद्यपि तिनीहरुले रेखालाई पूर्ण रुपमा हटाउनु नसक्ने र विशेष गरी निश्चित प्रकाशमा वा ठोस रङ्गहरू हेर्दा देखिने गरेको बताइएको छ।

यूएफजी प्राविधिक रूपमा कठिन हुने भएपनि धेरै सफा लुक प्रदान गर्ने प्रतिज्ञा गरेको छ। ग्लास क्र्याक नगरी बारम्बार बेण्ड हुनु पर्ने आवश्यकताको साथ डिस्प्ले स्ट्याक र हिञ्जले रिज सिर्जना नगरी मुभमेण्टलाई समायोजन गर्नुपर्नेछ।

प्रकाशित: ९ पुष २०८२, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार